नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर प्लेटको विरोधमा
काठमाडौं । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
महासंघले विज्ञप्ति जारी गरेर तत्काल सरकारले जारी गरेको सूचनालाई पुर्नमूल्यांकन गर्न समेत ध्यानाकर्षण गराएको हो ।
‘वर्तमान अवस्थामा इम्बोस्ड नम्बर लगाउन जाने सार्वजनिक सवारी साधनका व्यवसायीले पुरानै नम्बरमा कर तिर्ने कागज पत्र नवीकरण गर्ने, इम्बोस्ड नम्बरको राजस्व लिने मात्रै भएको छ ।
भौतिक पूर्वाधारबिना राजस्व असुली गर्ने कार्य न्यायोचित नभएकाले तत्काल उक्त सूचनालाई आवश्यक सुधार गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।
महासंघले इम्बोस्ड नम्बर लगाउने निर्णयको विरोध गर्न देशभरका यातायात व्यवसायीलाई आग्रहसमेत गरेको छ।

























