stcnepal long ad
global ime bank long

आकस्मिक बाहेक अन्य सेवा बन्द गर्न मेडिकल एसोसिएशन कोशीको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

विराटनगर । नेपाल मेडिकल एसोसिएशन कोशीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा संक्रमण फैलिरहेकाले आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ ।

एसोसिएशनका अध्यक्ष डा फरवार्ड सिलवालले आज प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकले घर, टेलिफोन तथा अन्य माध्यमबाट सेवा दिन अनुरोध गरिएको छ।

केही दिनयता चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाले सम्पूर्ण अस्पताल, नर्सिङ होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लीनिकमा आकस्मिक सेवाबाहेकका अन्य सेवाहरु बन्द गरी घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्फत विरामीलाई स्वास्थ्य परामर्श प्रदान गरिदिनु हुन विज्ञप्तिमा उल्लेख गरिएको छ।

अनुसन्धानले संक्रमण भएको १४ दिनसम्ममा भाइरस आफैँ निष्कृय हुँदै जाने देखाएकाले बन्दाबन्दीको पूर्ण पालना गर्न र धैर्यका साथ घरमै बस्न डा सिलवालले आग्रह गरेका छन् ।

प्रदेश र विराटनगरमा संक्रमणको स्रोतको पहिचान नहुने अवस्थाले समुदायसम्म फैलिएको पुष्टि भएकाले स्थिति भयावह हुन नदिन बन्दाबन्दी कार्यान्वयनमा सहयोग गर्न पनि उनले सबैसँग अनुरोध गरेका छन् । रासस

IME Lifesidebar
kumari