stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्ने निजी अस्पतालले उपचार गरेबापत १५ हजारसम्म लिन पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्ने निजी अस्पतालले बिरामीसँग दैनिक १५ हजार रुपैयाँसम्म शुल्क लिन पाउने भएका छन् । जटिल अवस्थाका बिरामीको उपचार गर्दा निजी अस्पतालले १५ हजार रुपैयाँसम्म लिन पाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

डा. गौतमका अनुसार कोरोना संक्रमितको उपचारका लागि सरकारले लेबल १, २ र ३ गरी तीन थरी अस्पताल तोकेको छ । यीबाहेक अन्य निजी अस्पतालमा बिरामीले कोरोना संक्रमणको उपचार गराउन चाहेमा उक्त अस्पतालको समेत सहमति लिई उपचार गर्न पाउने छन् ।

यसरी उपचार गर्दा संक्रमित सामान्य अवस्थाको भए प्रतिदिन ३ हजार ५ सय रुपैयाँ, मध्यम जटिल खालको भए ७ हजार र जटिल तथा क्रिटिकल अवस्थाको भए १५ हजार रुपैयाँ नबढाई लिन पाउने उनले जानकारी दिए ।

सरकारले कोरोना परीक्षण गर्दा निजी अस्पतालले बिरामीबाट १० प्रतिशतसम्म सेवा शुल्क पनि लिन पाउने निर्णय गरेको छ । निजी अस्पतालले पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा सरकारले तोकेको ५५ सय रुपैयाँमा थप १० प्रतिशतसम्म सेवा शुल्क लिन पाउने छ । तर यसरी निजी अस्पतालले संकलन गरेको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति पाएको प्रयोगशालामा नै परीक्षण गराउनु पर्नेछ ।

prabhu mahalaxmi
kumari