stcnepal long ad
ime life insurance
national life
global ime bank long

रिलायबल लाइफले महेश बानियालाई घातक रोगबापत दियो २० लाख दाबी भुक्तानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भरतपुर–३ का महेश बानियालाई घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

महेशले २०७७ साल चैत्रमा हाकिमचोक शाखाबाट १५ वर्षे बीमा योजना खरिद गरेर तीन किस्ता बीमाशुल्क तिरेका थिए। २०८० सालमा स्वास्थ्य परीक्षण गर्दा उनको कलेजोमा समस्या देखिएकोमा उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा लगिएको थियो। त्यहाँ डाक्टरको सल्लाह बमोजिम नै गत १५ गते कलेजो प्रत्यारोपण गरिएको थियो।

कलेजो प्रत्यारोपण महँगो उपचार प्रक्रिया भएकाले करिब ४० लाखसम्म खर्च लाग्छ। बीमा कम्पनीलाई समयमै जानकारी दिएकाले आवश्यक प्रक्रिया पूरा गरी कम्पनीले महेशलाई छोटो समयमै बीमा रकम उपलब्ध गराएको हो।

कम्पनीले हाकिमचोक शाखामै एक कार्यक्रमको आयोजना गरेर बीमित बानियालाई दाबी भुक्तानी दिएको हो। उनलाई शाखा प्रमुख राजकुमार दाहालले चेक हस्तान्तरण गरेका थिए।

सो कार्यक्रममा महेशले बीमा कम्पनीले गम्भीर अवस्थामा दिएको सहयोगको प्रशंसा गर्दै बीमा प्रणालीप्रति विश्वास बढेको बताए। साथै उनले अन्यलाई पनि समयमै जीवन बीमा गर्न सल्लाह दिए।

कार्यक्रममा बीमा अभिकर्ता सरस्वती गौतम, वरिष्ठ एजेन्सी म्यानेजरहरू मनोज चौलागाईँ, विष्णुकुमारी कुँवर, समिता दराई, तारा कुमाल, एमडीआरटी जानकी शाह श्रेष्ठ लगायत अन्य कर्मचारी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।

IME Lifesidebar
kumari