stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल मेडिकल कलेजमा पहिलो पटक एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट निकालियो मिर्गौलाको पत्थरी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल मेडिकल कलेजमा २३ वर्षीय बिरामीको एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी (ECIRS) बाट मिर्गौलाको पत्थरी निकालिएको छ । कलेजको युरो सर्जरी विभागले लोप्साङ पाल्देनको बाँया तर्फको मिर्गौलाको पत्थरी निकाल्न एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी सफलतापूर्वक गरेको हो ।

उनी तीनसाता अघि मिर्गौलामा गम्भिर समस्या देखा परेपछि नेपाल मेडिकल कलेजमा उपचारका लागि आएका थिए । उनलाई करिब २ महिनादेखि पिसाब पोल्ने समस्या थियो ।

युरोलोजी विभागका कन्सल्टेन्ट डा निरज सुवेदी तथा कन्सल्टेन्ट युरोलोजिस्ट, किड्नी ट्रान्सप्लान्स सर्जन डा. बेश अन्सारी लगायतको टीमले (ECIRS) बाट मिर्गौलाको सफलतापूर्वक शल्यक्रिया गरेका थिए । उनको बाँया मिर्गौलाको पेल्भिसमा ६.९ एमएमको पत्थरी थियो ।
ल्याप्रोस्कोपी विधिबाट गरिएको

शल्यक्रियामा मिर्गौलामा रहेका पत्थरीहरुलाई फुटाएर निकालिएको डा। वेश अन्सारीले बताए । ‘उहाँको बाँया मिर्गौलाको पेल्भिसमा ६९ सेन्टिमिटरको पत्थरी रहेकोमा त्यसलाई निकाल्न एउटै शल्यक्रियाबाट निकाल्न संभव नदेखेपछि हामीले एकै पटक मुत्रनली र पेटको बाँया भागमा प्वाल पारेर पत्थरी निकालेका हौं ।’ डा. अन्सारीले बताए ।

के हो (ECIRS) पद्दति
यो एक न्यूनतम आक्रमक शल्यक्रिया प्रविधि हो जुन मुख्यतया ठूला वा जटिल मिर्गौलाको पत्थरी (जसलाई नेफ्रोलिथियासिस पनि भनिन्छ) को उपचार गर्न प्रयोग गरिन्छ । एक स्थानबाट (मुत्रनली वा कम्मर) मा प्वाल पारेर मिर्गौलाको पत्थरी निकाल्न नसक्दा दुवै स्थानबाट एन्डोस्कोपिक विधिबाट पत्थरी निकाल्ने गरिन्छ ।

यस प्रकारको शल्यक्रियामा सर्जनले एकै पटक दुवै प्रक्रियाहरु अपनाएर मिर्गौलाको पत्थरी निकाल्ने गर्दछन् । (ECIRS) पद्दति खासगरी ठूला पत्थरीहरु निकाल्न गरिने डा अन्सारी बताउँछन् ।

‘सामान्य मिर्गौलाको पत्थरी मुत्रनली वा शरीरको एक स्थानमा प्वाल पारेर गरिन्छ । तर, ठूला र असमान्य अवस्थाको पत्थरी छ भने त्यसलाई (ECIRS) पद्दतिबाट निकालिन्छ ।’

(ECIRS) पद्दतिबाट गरिएको शल्यक्रियाले मिर्गौलामा रहेका जस्तोसुकै पत्थरी सहजै निकाल्न सहयोग पुग्ने गर्दछ । यसबाट बिरामीलाई कम पिडा हुने, ठूल्ठूलो घाउ बनाएर शल्यक्रिया गर्नु नपर्ने, शल्यक्रिया गरेका केही दिनमै घर जान सकिने, रक्तश्राव तथा संक्रमण कम हुने र बिरामी चाँडै निको हुन्छन् ।

नेपाल मेडिकल कलेजमा इन्डोस्कोपीक प्रविधिमा मिर्गौला तथा मुत्राशयको पत्थरी निकाल्ने, प्रोस्टेटको अप्रेसन, पाठेघरको अप्रेसन लगायतका शल्यक्रियाहरु हुने गरेका छन् ।

IME Lifesidebar
kumari