बजारमा आज सुनको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।
यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८४ हजार ५ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । यससँगै आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलाको १ हजार ९१० रुपैयाँमा किनबेच भएको थियो।