stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

पछिल्ला ७ वर्षमा देशका विभिन्न भागमा २२ जना माथि एसिड प्रहार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । पछिल्ला ७ वर्षमा देशका विभिन्न भागमा १९ युवती र ३ पुरुषमाथि एसिड प्रहारका २१ घटना भएका छन् । तिनमा छ्यापिएको एसिड सुनचाँदी पसल, हार्डवेयर र ब्याट्री मर्मत केन्द्रबाट सस्तो मूल्यमा सजिलै किन्न पाउँदा दुरुपयोग भएको देखिन्छ ।

सहज उपलब्धताले पीडकहरूले हात पारेर आवेशमा एसिड प्रहारका घटना भइरहेका छन् । त्यसैगरि विष सेवनवाट हुने आत्महत्या पनि वर्षको करिब ८०० देखी १५०० को हाराहारि हुने गरेको पाईन्छ।

विभिन्न मनोदशा/मानसिक पीडावाट ग्रस्त व्यक्तिहरुको क्षणिक आवेश रोक्न नसकि यस्ता घटनाहरुमा वृद्धि भईरहेको पाईन्छ। सहज उपलब्लाई व्यवस्थित गर्न सके यस्ता घटनाहरुलाई न्युनीकरण गर्न सकिन्छ।

खास गरि यस्ता घातक वस्तुको विक्री वितरणलाई अभिलेख राखी किन्न आउने व्यक्तिको मनोदशा हेरि निजको संरक्षकसंग सम्पर्क गरि आवश्यक भएमात्र रेकर्ड राखी वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ।

पसल संचालकले अनिवार्यरुपमा स्थानीय निकायसंग अनुमति लिई आफूसंग भएको स्टक र साप्ताहिक विक्री वितरणको विवरण स्थानीय निकाय र प्रहरीलाई उपलब्ध गराउन सके राम्रो हुने देखिन्छ।

prabhu mahalaxmi
kumari