sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

साल्ट ट्रेडिङ कर्पोरेशनको मुनाफा बृद्वि

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सन १९६३ मा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नेपालमा नियमित नुन आपूर्तिको लागि सार्वजनिक–निजी साझेदारी अर्थात पिपिए मोडलमा स्थापना भएको एक मात्र कम्पनी हो ।

यस कर्पोरेशनमा नेपाल सरकारको ११.६ प्रतिशत, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ९.७ प्रतिशत सेयर स्वामित्व रहेको छ। बाँकी ७८.७ प्रतिशत शेयर स्वामित्व नीजि क्षेत्र अर्थात सर्वसाधारणको स्वामित्वमा रहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले आयोडिन नुनको नेपालमा आयात,भण्डारण,वितरण र सुपथ मुल्यमा थोक तथा खुद्रा बिक्रीवितरण गर्दै आएको छ। कर्पोरेसनले यसका अतिरिक्त विभिन्न खाद्य वस्तु जस्तै मैदा, आटा, चामल,खाने तेल, गेडागुडी, दाल, चिनी, मसला तथा सरकारद्वारा अनुदान प्राप्त र अनुदान नपाएको रासायनिक मलको पनि आयात गरि सुपथ मुल्यमा बिक्री वितरण गरिरहेको छ ।

यसका साथै एसटिडी ब्रान्डको खाना पकाउने एलपीजी ग्यास, सिमेन्ट र अखवारी कागजको आयात गरि बिक्री वितरण गर्दै आएको छ। यसरी कर्पोरेशनले आम नागरिकहरूमा अत्यावश्यक सामाग्रीहरूको सुपथ मुल्यमा बिक्री वितरण गरि व्यापारिक सेवा पुर्‍याउँदै आएको छ।

कर्पोरेसनको पछिल्लो वित्तीय सूचकहरूले कम्पनीको स्थिरता र निरन्तर आर्थिक वृद्धिको संकेत गरेको साल्ट ट्रेडिङ कर्पोरेशनको वार्षिक वित्तीय विवरणबाट देखिएको छ। विगत वर्षहरूदेखि नै कर्पोरेसनको आम्दानीमा उल्लेखनीय सुधार पाइएको छ ।

सन् २०२४ मा कम्पनीले १३ अर्ब ३५ करोड रुपैयाँ कारोवार गरेको छ, जुन सन् २०२३ मा ८ अर्ब ७७ करोड ४० लाख रुपैयाँ रहेको थियो । कम्पनीले सन २०२२ मा ७ अर्ब १७ करोड रूपैयाँ र चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो छ महिना अर्थात २०८१ पुस मसान्तसम्ममा ४ अर्ब ५८ करोड ४० लाख रुपैयाँको कारोवार गरेको छ ।

यसबाट कर्पोरेशनको सञ्चालन मुनाफा रकममा निरन्तर सुधार भइरहेको छ । सन् २०२१ मा ४.३ प्रतिशत रहेको मार्जिन चालू वर्ष २०८१/०८२ को पहिलो छ महिनामा ६.९ प्रतिशत पुगेको पाइएको छ । सन् २०२३ मा भने ५.९ प्रतिशत र सन् २०२२ मा ४.७ प्रतिशत रहेको थियो । पछिल्लो वृद्धिले कम्पनीको सञ्चालन दक्षता र लागत व्यवस्थापन प्रभावकारी रहेको देखाएको छ ।

कर्पोरेशनको कुल ऋण अनुपात सन् २०२४ मा ३।६ गुणा रहेको थियो, जुन सन् २०२३ मा १.८ गुणा थियो । चालू वित्तीय वर्ष २०८१/०८२ को पहिलो छ महिनामा भने यो ४.१ गुणा पुगेको छ । उच्च ऋणको व्यवस्थापन गर्दै कम्पनीले आफ्नो वित्तीय स्थायित्वलाई मजबुत बनाएको पाइएको छ।

कर्पोरेशनको कुल बाह्य दायित्व अनुपात सन् २०२४ मा ६.५ गुणा रहेको थियो भने चालू आर्थिक वर्षको पहिलो छ महिनामा ५.६ गुणा कायम रहेको छ । यो सूचक कर्पोरेशनको बजारमा रहेको विश्वास र वित्तीय व्यवस्थापनको सुदृढता दर्शाउने एउटा महत्वपूर्ण पक्ष हो ।

कर्पोरेशनको कुल ऋण सञ्चालन मुनाफा सन् २०२४ मा अनुपात ७।६ गुणा थियो भने चालू वर्षको पहिलो छ महिनामा ८।३ गुणा पुगेको छ । कर्पोरेशनले वित्तीय सन्तुलन कायम राख्दै ऋण व्यवस्थापनलाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको पाइएको छ ।

कर्पोरेशनको ब्याज कवरेज अनुपात सन् २०२४ मा एक गुणा रहेको थियो, जुन चालू आर्थिक वर्षमा १.१ गुणा पुगेको छ । ऋण भुक्तानी क्षमताको सूचक सन् २०२४ मा एक गुणा रहेको थियो भने चालू आर्थिक वर्षको छ महिनामा १.१ गुणा रहेको छ ।

यो सूचक बैंक तथा वित्तीय संस्थाहरूका लागि सकारात्मक सन्देश हो । सन् २०२४ मा कर्पोरेशनको नेट वर्किङ क्यापिटल अनुपात १६ प्रतिशत रहेको थियो भने चालू वर्षको पहिलो छ महिनामा २८ प्रतिशत पुगेको देखिन्छ ।

यसरी कर्पोरेशनको तरलता व्यवस्थापनमा सुधार आएको देखिन्छ । कर्पोरेशनको चालु अनुपात सन् २०२४ मा ०।८ रहेको थियो भने चालू आर्थिक वर्षको छ महिनामा ०.७ रहेको छ । यो अनुपातले कर्पोरेशनको छोटो अवधिको वित्तीय दायित्व व्यवस्थापन क्षमता अति राम्रो रहेको देखाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको पछिल्ला वित्तीय सूचकहरू हेर्दा कर्पोरेशनको आर्थिक अवस्था सबल देखिन्छ । आम्दानीमा सुधार, सञ्चालन मुनाफा वृद्धि लगायतका सूचकहरूले कम्पनीको निरन्तर वृद्धि र वित्तीय सुदृढताको संकेत गरेको देखिन्छ । प्रभावकारी वित्तीय व्यवस्थापन र स्थिर सञ्चालन रणनीतिका कारण कर्पोरेशन आगामी वर्षहरूमा अझ मजबुत बन्दै जाने अपेक्षा गर्न सकिन्छ ।

कर्पोरेशनले ६ अर्ब रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये लङ ट्रम कर्जा ६ करोड ५० लाख रुपैयाँका लागि ‘केयर एनपी एलबिबि असाइन्ड’ र सर्ट ट्रम बैंक कर्जाका लागि ५ अर्ब ९३ करोड ५० लाख रूपैयाँ ‘केयर एनपी ए ४ असाइन्ड’ प्लस रेटिङले पुनः पुष्टि गरेको छ ।

कर्पोरेशनले नेपालभरि ९० भन्दा बढी डिलररवितरकहरू मार्फत बिक्री च्यानल स्थापना गरेको छ । साथै कर्पोरेशनले धान, गहुँ, चिनी, ग्यास, सिमेन्ट, कागज जस्ता विभिन्न वस्तुहरूको व्यापार समेत गर्छ ।

दोस्रो बजारमा कर्पोरेशनको सेयर मूल्य उच्च छ । यस कर्पोरेशनमा लगानीकर्ताहरूको आकर्षक समेत बढदै गएको देखिन्छ । कर्पोरेशन वित्तीय सूचकमा अब्बल रहँदा कम्पनीको सेयर मूल्यमा अझै आकर्षक थपिदै गएको अध्यक्ष प्रदिपलाल श्रेष्ठ बताउनु हुन्छ।

gold
kumari bank
nawakantipur long