stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

प्रहरी प्रधान कार्यालयका एक हवल्दारमा कोरोना पुष्टि, १७ प्रहरी आइसोलेशनमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रहरी प्रधान कार्यालयका एक हवल्दारलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी सवारी व्यवस्थापन शाखामा अबद्ध रहेको खुलेको छ ।

उनी सँगै मुख्यालयकै सञ्चार निर्देशनालयमा कार्यरत तीन प्रहरीमा पनि संक्रमणको आशंका गरिएको छ । यद्यपि ती ३ जनामा भने कोरोना संक्रमण पुष्टि भएको छैन ।

उनीहरुरको पीसीआर रिपोर्ट आएपनि स्वास्थ्य मन्त्रालयले नै जानकारी दिने भन्दै प्रहरी मार्फत जानकारी दिइएको छैन । सवारी व्यवस्थापन शाखामा कार्यरत हवल्दारमा कोरोना पुष्टि भएसँगै उनी रहने बस्ने ब्यारेकका १७ जना प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब नमुना लिइएको छ ।

स्वाब संकलन गरिएका सबैलाई आइसोलेसनमा राखिएको बताइएको छ । नेपालभर हालसम्म १ सय १५ प्रहरी संक्रमित रहेका छन् । जसमध्ये केही निको भएका छन् । अन्यलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

prabhu mahalaxmi
kumari