stcnepal long ad
nabil bank
macchha(MBL)

 नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न पाँच बुँदे माग राख्दै थप आन्दोलित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आइतवारदेखि थप विरोधका कार्यक्रमहरु गर्न लागेको जनाएको छ ।

यसअघि नेपाल एलपी ग्यास उद्योग संघबाट माघ ३० गतेका दिन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रीको समुपस्थितिमा नेपाल आयल निगमका संचालक समिति पदाधिकारीहरु, निगमका पदाधिकारीहरु र नेपाल एल पि ग्यास उद्योग संघका पदाधिकारीहरु विच भएको छलफलले माग संवोधन सम्बन्धमा मन्त्रीबाट गृहकार्य गर्न थप १५ दिनको समय माग गर्दै फागुन १५ गते बुधवारसम्मको लागि विरोधका कार्यक्रमहरु स्वगीत गरिएको थियो ।

तर हालसम्म केही निष्कर्ष नआएको हुँदा विरोधका कार्यक्रमहरु पुनः संचालन गर्नुपरेको एलपी ग्यास उद्योग संघले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

यस्ता छन् विरोधका कार्यक्रमहरु

  • फागुन १८ गतेदेखि पिडिओएम्त्त नउठाउने/नबनाउने ।
  • फागुन २४ गतेदेखि रिफाइनरीबाट लोडिङ नगराउने ।
  • चैत १ गतेदेखि भन्सारबाट बुलेट नछुटाउने ।
  • चैत ७ गतेदेखि उद्योगहरुबाट ग्यासको विक्री वितरण बन्द गर्ने ।
  • चैत ११ गतेदेखि डिलरहरुबाट ग्यासको विक्री वितरण बन्द गर्ने ।
prabhu mahalaxmi
kumari