sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आज शुक्रबार काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौंं । नेपाल विद्युत् प्राधिकरणले आज शुक्रबार काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली कटौती हुने जानकारी दिएको छ ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।

तोकिएको काम समय अगावै पूरा भए निर्धारित अवधिअघि नै बिजुली प्रदान गरिने प्राधिकरणले उल्लेख गरेको छ । यस्तै, प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ ।

gold
kumari bank
nawakantipur long