stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सर्वोच्चको फैसला विरुद्ध सरकारले पुनरावलोकनका लागि निवेदन दिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । श्रीमती हत्यामा जेल सजाय काटेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको मुद्दामा सरकारले पुनरावलोकनका लागि निवेदन दिने भएको छ । बिहीबार महान्यायाधिवक्ता कार्यालयले रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार बिहीबार मात्रै महान्यायाधिवक्ता कार्यालयले रञ्जन कोइराला थुनामुक्त प्रकरणमा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको हो ।

श्रीमती गीता ढकालको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालाको कैद सजाय सर्वोच्चले ८ वर्ष ६ महिनामा घटाएको थियो ।

नेपालको कानुन अनुसार जन्मकैद भन्नाले २० वर्षको सजाय रहन्छ । तर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेज बहादुर केसीको संयुक्त इजलाशले ‘सजाय चर्को पर्न जाने’ भन्दै कोइरालाको सजायअवधि ८ वर्ष ६ महिनामा घटाइ दिएका थिए । २०६८ माघ ८ गते पक्राउ परेका रञ्जनको ८ वर्ष ६ महिनाको जेल अवधि बुधबार साँझबाट सकिएको थियो ।

त्यसपछि बिहीबार बिहानमात्रै कारागार कार्यालय डिल्लीबजारबाट रञ्जन रिहा भएका थिए । रञ्जनलाई लिनका लागि उनकी प्रेमिका तारा रेग्मी कारागार कार्यालय पुगेकी थिइन् ।

अब के हुन्छ ?
सरकारले रञ्जनको सजाय कटौती सम्बन्धी फैसलाको पुनरवलोकन गर्न अब सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेछ । निवेदन दर्ता गरेपछि सर्वोच्चको पूर्ण इजलाशमा यो मुद्दा जानेछ ।

सरकारले रञ्जनको सम्बन्धमा भएको फैसला कानुनसँग बाझिएको र सर्वोच्चकै पुरानो नजिरसँग नमिलेको भन्दै पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको हो ।

निवेदन दर्ता भएपछि यो मुद्दा सर्वोच्चकै कम्तीमा ३ जना न्यायाधीश सम्मिलत पूर्ण इजलाशमा जानेछ । तर पहिले फैसला गर्ने न्यायाधीशले यो मुद्दा हेर्न पाउने छैनन् । पूर्ण इजलाशले यसअघिको संयुक्त इजलाशको फैसलामा कैफियत भेटेमा उक्त फैसलामा ‘केही उल्टी’ गर्न समेत सक्नेछ ।

prabhu mahalaxmi
kumari bank
kumari