निक्षेप तथा कर्जा सुरक्षण कोषका सीईओलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले ‘ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड’ प्राप्त गर्न सफल भएका छन् ।
इन्टरनेसनल अवार्ड फोरम युनाइटेड स्टेट अफ अमेरिका (टिफ–युएसए) को आयोजनामा नयाँ दिल्लीमा भएको कार्यक्रममा घिमिरेले अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउन सफल भएका हुन् ।
यसअघि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको निर्देशक समेत रहेका उनी नेपाल एसबिआई मर्चेन्ट एण्ड बैंकिङको समेत सीईओ भइसकेका व्यक्ति हुन् । कोषमा उनले कुशल व्यवस्थापकको भूमिका निर्वाह गर्दै आएका छन् ।