sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

इप्पानले रजत जयन्तीको अवसरमा २५ वर्षे यात्रा समेटिएको फोटो प्रदर्शनी आयोजना गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पीजे क्लवसँगको सहकार्यमा बृहत फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ ।

आगामी माघ ४ गते मेरियट होटल काठमाडौंमा हुन गइरहेको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्ने सम्बन्धमा इप्पान र पीजे क्लवबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

फोटो प्रदर्शनीको व्यवस्थापन गर्ने सम्बन्धमा बुधवार इप्पान अध्यक्ष गणेश कार्की र पीजे क्लवका अध्यक्ष द्वारिका प्रसाद काफ्लेबीच सम्झौतापत्र आदान प्रदान भएको छ ।

इप्पान स्थापनाको २५ वर्ष पुगेको अवसरमा इप्पानमा आवद्ध ऊर्जा उत्पादक कम्पनीहरुले नेपालको ऊर्जा क्षेत्रको विकाससँगै स्थानीय क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदान देखिने ५० वटा फोटो प्रदर्शनीमा राखिने इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

इप्पानले आयोजना गर्ने फोटो प्रदर्शनीलाई दुई भागमा विभाजन गरेर व्यवस्थापन गरिने पीजे क्लवका अध्यक्ष द्वारिका काफ्लेले बताए ।

जस अनुसार स्वतन्त्र व्यक्ति तथा कम्पनीहरुले पठाएको फोटोलाई पीजे क्लव र इप्पानका प्रतिनिधि सहितको स्वतन्त्र निर्णायक मण्डलले छनोट गरि प्रदर्शनीमा राखिनेछ ।

यसमा आउने तस्वीरहरुबाट उत्कृष्ट प्रथम, द्धित्तिय र तृतिय हुने तस्वीरलाई क्रमश:३०,२० र १० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिनेछ ।

अर्कोतर्फ पीजे क्लवकै अगुवाइमा इप्पानमा आवद्ध सदस्य कम्पनीहरुले प्रवर्द्धन गरेका आयोजनाहरुको तस्वीर संकलन गरेर प्रदर्शनीमा राखिनेछ । पीजे क्लवले संकलन गरेका तस्वीरहरु प्रदर्शनीमा राखिए पनि प्रतियोगिताका लागि मान्य हुने छैनन् । ती तस्वीरहरु इप्पानको सम्पत्ती मात्रै हुनेछन् ।

सम्झौतापत्र आदान प्रदान समारोहमा इप्पानबाट अध्यक्ष कार्की सहित कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत भीम गौतम, पीजे क्लवबाट अध्यक्ष काफ्ले सहित महासचिव अमुल थापा र प्रदर्शनी संयोजक ज्ञानेन्द्र कार्की लगायतको उपस्थिती रहेको थियो ।

फोटो प्रतियोगितामा भाग लिनको लागि यहि पुस २० गतेभित्र ऊर्जासँग सम्बन्धित फोटोहरु पठाइ सक्नुपर्ने छ ।

त्यस्तै रजत जयन्तीकै अवसरमा ५० हजार पुरस्कार राशीको छोटो भिडियोरवृत्तचित्र प्रतियोगिता समेत आयोजना गरिएकोले सहभागिताको लागि इप्पानले आग्रह गरेको छ । त्यसको लागि पनि पुस २० गतेभित्र भिडियो पठाइ सक्नुपर्ने छ ।

gold
prabhu bank
nawakantipur long