stcnepal long ad
national life

मारुती सुजुकीको वार्षिक उत्पादन २० लाख युनिट नाघ्यो, बन्यो नयाँ माइलस्टोन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

मारुती सुजुकीले आफ्नो इतिहासमा पहिलो पटक एक क्यालेन्डर वर्षमा २० लाख गाडी उत्पादनको माइलस्टोन हासिल गरेको छ । यस्तो उपलब्धी भारतमा अन्य कुनै कार निर्माताले हासिल गर्न सकेको छैन ।

यो माइलस्टोनमा पुग्ने सुजुकी मोटर कर्पोरेशनको विश्वव्यापी अटोमोबाइल उत्पादन सुविधाहरूमध्ये मारुती सुजुकी पहिलो समेत हो ।

कम्पनीका अनुसार मानेसरमा उत्पादन लाइनमा रोल अफ गर्ने २० लाखौं गाडी अर्टिगा थियो । उत्पादन भएका २० लाख गाडीमध्ये ६० प्रतिशत हरियाणा र ४० प्रतिशत गुजरातमा उत्पादन भएका थिए ।

बलेनो, फ्रन्क्स, एर्टिगा, वागनआर र ब्रेजा जस्ता मोडलहरू सन् २०२४ मा उत्पादित उत्कृष्ट ५ सवारी साधनमा परेका थिए ।

हाल, मारुती सुजुकीको भारतमा तीनवटा उत्पादन इकाइहरू छन् । जसको संयुक्त वार्षिक उत्पादन क्षमता २३ लाख ५० हजार युनिट छ । कार निर्माताले यसलाई ४० लाख युनिटसम्म विस्तार गर्ने योजना बनाएको छ ।

बढ्दो मागलाई पूरा गर्न मारुतीले खरखोडामा नयाँ सुविधा निर्माण समेत गरिरहेको छ । उक्त प्लान्ट २०२५ मा सञ्चालनमा आउने जनाइएको छ ।

पूर्ण रूपमा सञ्चालनमा आएपछि यो प्लान्टले वार्षिक १० लाख युनिट कार उत्पादन गर्नेछ । साथै, कम्पनीले १० लाख युनिट क्षमताको अर्को प्लान्ट समेत निर्माण गर्ने योजना बनाएको छ ।

gold
kumari bank
kumari
nawakantipur long