stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उपत्यका प्रदेशको कोषाध्यक्षमा नीरज रञ्जित आधिकारिक उम्मेदवारी

माधवप्रसाद घिमिरेले रन्जितलाई सहयोग गरे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको लागि गत मंसिर २४ गते उम्मेदवारी दर्ता भएकोमा प्रेस चौतरी नेपाल र नेपाल प्रेस युनियनको गठबन्धनबाट कोषाध्यक्षको उम्मेदवारी दिएका माधव प्रसाद घिमिरेले आफ्नो उम्मेदवारी निस्कृय राखेर कोषाध्यक्षमा नीरज रञ्जितलाई समर्थन गरेको घोषणा गरेका छन।

घिमिरेले आफ्नो उम्मेदवार फिर्ता लिएर रञ्जितलाई सहयोग गरेको र कोषाध्यक्षमा रञ्जितलाई मत दिन आग्रह पनि गरेका छन।

(प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डेको उपस्थितिमा उपत्यका प्रदेश कोषाध्यक्ष पदका उम्मेदवार निरज रञ्जितलाई समर्थन गर्दै माधव घिमिरेले आफ्नो उम्मेदवारी फिर्ता गर्दै)

यसबाट यो समूह उपत्यका प्रदेश समितिको निर्वाचनमा बलियो देखिएको छ। उपत्यका प्रदेशको अध्यक्षमा मोहन प्रसाद पन्त, टेनिश रोक्का,उपाध्यक्षमा कालिका बहादुर महत,रोजिना थापा, महिला उपाध्यक्षमा सतिदेवी उप्रेती, रमा न्यौपाने आर्ज्या, महासचिवमा रामचन्द्र दुलाल भान्जा,आशिष गुरागाई, सचिवमा अजित अधिकारी, अमिर लामा स्याङबो, समावेशी सचिवमा प्रविण श्रेष्ठ, मोहनबल्ल, अनिल कमार गुप्ता, कोषाध्यक्षमा निरज रन्जित, सन्जिप घिमिरे सहित विभिन्न सदस्य पदमा ३९ जनाले उम्मेदवारी दिएका छन। त्यसमध्ये चार जना निर्विरोध निर्वाचित भएका छन।

काठमाडौं, ललितपुर, र भक्तपुरका तीनै जिल्लालाई समेट्ने उपत्यका प्रदेश समितिमा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको गठबन्धन समुहले अत्याधिक मतले जित्ने अध्यक्षका उम्मेदवार पन्तले दाबी गरेका छन।

कोषाध्यक्ष पदका उम्मेदवार दिएका वरिष्ठ पत्रकार रन्जितले आफु प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको हकहित,अधिकार,स्वतन्त्र प्रेस,अभिव्यक्ति स्वतन्त्रताका लागि निरन्तर क्रियाशील रहँदै आएको र यस अभियानमा भविष्यमा पनि पत्रकारहरूको विश्वास, समर्थन, र सहकार्यले थप ऊर्जा प्रदान गर्दै अगाडि बढने प्रतिवद्वता जनाएका छन।

पत्रकारहरूको सुझाव र साथ सहयोगको अपेक्षा गर्दै, उपत्यका प्रदेश समितिलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

prabhu mahalaxmi
kumari