stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मन्थली–काठमाडौं उडान सेवा बन्द

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

रामेछाप ।दुई महिना अगाडिबाट रामेछापको मन्थलीमा उडान शुरु गरेका बिमान कम्पनीहरुले मन्थली–काठमाण्डौं उडान सेवा बन्द गरेका छन् ।

मन्थलीबाट काठमाडौं  र काठमाडौंबाट मन्थलीका लागि उडान तालिका नभएको भन्दै बिमान कम्पनीहरुले उडान बन्द गरेका हुन् ।

गत असोज १२ गतेको भिषण बाढीका कारण बिपी राजमार्ग बगाएपछि यातयात सम्पर्क टुटेको रामेछाप जिल्लामा असोजको तेश्रो सातादेखी निजि बिमान कम्पनीहरुले दैनिक एक उडान गर्दै आएका थिए ।

तारा एयर, समिट एयर र सिता एयरले उडान गर्दै आएको मन्थली बिमानस्थलमा बिगत दुइसाता देखी काठमाण्डौंका लागि उडान सेवा बन्द भएको छ । बिना सुचना बिमान कम्पनीहरुले उडान बन्द गरेपछि जहाजको टिकट लिएका यात्रुहरु समेत अलपत्र परेका थिए ।

जलश्रोत, उर्जा तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ्ग सहित जिल्लाबासीहरुको तीब्र दबाब पछि उडान शुरु गरेका बिमान कम्पनीहरुले अहिले उडान सेवा बन्द गरेपछि सर्वसाधारणहरु मारमा परेका छन् ।

बिमान कम्पनीहरुले उडान सेवा बन्द भएको घोषणा नगरेको भएपनि अहिले उडान तालिका नभएको भन्दै मन्थलीबाट काठमाडौं र काठमाडौंबाट मन्थलीका लागि उडान सेवा बन्द गरेका छन् । तर तिनै एयसलाइन्सहरुले मन्थलीबाट लुक्लाका लागि भने दैनिक ४० भन्दा बढी उडानहरु गर्दै आएका छन् ।

prabhu mahalaxmi
kumari