stcnepal long ad
national life

बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पुनः अवरुद्ध भएको छ । तानसेन नगरपालिका–८ स्थित गौडेपुल नजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरोले बुटवलवाट स्याङजातर्फ जाँदै गएको एउटा ट्रक समेत पुरेको छ ।

अवरुद्ध सडक खुलाउने प्रयास भने जारी रहेको बताइन्छ । सो स्थानमा पहिरो खसेर पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । दुई दिनअघि पनि सोही ठाँउमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

gold
kumari bank
kumari
nawakantipur long