citizens life insurance long ad
stcnepal long ad

२०५६ सालदेखि कक्षा ११ र १२ उत्तीर्ण गर्न नसकेका विद्यार्थीले मौका परीक्षा दिन पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले विक्रम संम्बत २०५६ सालदेखि कक्षा ११ र १२ का विभिन्न विषयमा अनुत्तीर्ण भई बसेका विद्यार्थीहरुका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ५६ सालदेखि हालसम्म फेल भएका विद्यार्थीहरुलाई पुनस् परीक्षा दिन पाउने व्यवस्था गरेको हो ।

बोर्डले अङ्कन प्रणालीमा अनुत्तीर्ण वा अनुपस्थित र अक्षराङ्कन प्रणाली (ग्रेडिङ सिस्टम)मा तोकिएको ग्रेड ल्याउन नसकेका विद्यार्थीहरुले यही मंसिर २७ गतेभित्र आवेदन फाराम भर्न पाउने व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश प्रमुख जयन्ती सत्याल ‘स्पन्दन’ ले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

प्रमुख सत्यालका अनुसार मौका परीक्षा दिन पाउने विद्यार्थीहरुले सम्बन्धित विद्यालयहरुमा परीक्षा फारम बुझाउन सक्नेछन ।

IME Life
kumari