मृत्यु दर्ताको प्रमाण सहित कृयापुत्रीको घरमा वडाअध्यक्ष

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकढी नगरपालिका वडा नं १०का वडा अध्यक्ष निल बहादुर तामाङ(सुमन) ले आफ्नो वडाका नागरिकको मृत्यु भएको खण्डमा श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिबारमा समबेदना दिन घरघर जाने क्रममा मृत्यु दर्ताको प्रमाण पत्र समेत घरैमा गएर दिन शुरु गर्नु भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० का रेशम बहादुर खड्का, रेल बहादुर खड्का र रामशरण खड्काको माताको कार्तिक १० गते निधन भएको थियो ।
यसरी दुख परेको बेलामा घरघरमा आएर मृत्यु दर्ता प्रमाण पत्र समेत दिने कामको शुरुवात भएकोमा वडाअध्यक्षले राम्रोकामको शुरुवात गरेको बताउदै क्रियापुत्री रेशम खड्काले जे हुन थियो भयो तर हामीलाइ वडाबाट पाउँन पर्ने सुबिधा घरमा नै आएर दिएकोमा वडाअध्यक्षको उक्त कार्यको प्रशंसा गर्नु भयो ।
समेबेदना प्रकट गर्दै वडाअध्यक्ष निल बहादुर तामाङले वडाका कोही पनी नागरिकलाइ वडाबाट पाउँने सुबिधा सम्भव भएसम्म घरघरमा उपलब्ध गराउँनका लागि आफु लागी परेको र असाय, अपाङ्गता भएका ब्यक्ती जेष्ठ नागरिक परिचय पत्र नबीकरण र उँहाहरुले पाउँने सामाजिक सुरक्षा भत्ता समेत घर दैलो अभियान गरेर बितरण गरिरहेको बताउँनु भयो ।
उँहाले बिशेष गरी वडा सचिब पुनम भण्डारीले नागरिकको सुबिधाको लागी घरघरमा यसरी मृत्यु दर्ता प्रमाण पत्र दिने बिशयमा बातबरण मिलाइ दिनु भए पछी यो आफुले पहीलो पल्ट दिएको अब यसले निरन्तरता पाँउने बताउँनु भयो ।
स्थानीय समाज सेवी ध्रुब थापाले नगरपालिकाले हरेक मृतक परिबारलाइ रु पाँचहजार नगदका साथ भेटघाट कार्यक्रम सञ्चालन गरिरहँदा यसरी मृत्यु दर्ता प्रमाण पत्र पनी साथमा दिदाँ प्रत्यक्ष रुपमा सहयोग हुने भएकाले यो अभियान शुरु गर्नु भएकोमा वडाअध्यक्ष ,सचिब लगायत वडा सरकारलाइ बिशेष धन्यबाद दिनु भयो । सम्भवत यो कार्य सिन्धुपाल्चोक जिल्लामा नै पहीलो भएको पत्रकार नेत्र बस्नेतले जनाउँनु भएको छ ।