stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राणा र ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजुलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकबाट दुवै जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरिएको थियो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आज राति आयोजित एक समारोहमा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले हुँदै राष्ट्र, जनता र सङ्गठनलाई पु¥याएको योगदान र राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा प्रदर्शित कार्यसम्पादनको स्तरको आधारमा पदोन्नति भएको चर्चा गरे।

प्रहरी महानिरीक्षक कुँवरले देश र जनताको सेवामा अनवरत रूपमा लागेका नेपाल प्रहरीलाई भरोसायोग्य र विश्वासयोग्य संस्थाका रूपमा आम नागरिकको नजरमा उच्च बनाउन व्यावसायिक प्रहरी अधिकृतका रूपमा जिम्मेवारी पूरा गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए।

नेपाल प्रहरीका हरेक प्रणालीलाई पारदर्शी, अनुमानयोग्य र नियम संगत बनाउनका लागि हरसम्भव प्रयास भइरहेको समेत उनले उल्लेख गरे।

नेपाल प्रहरीका नेतृत्वतहमा रहेकाले दिने कुशल मार्गनिर्देशन र सकल दर्जाको सामूहिक प्रयासले आगामी दिनमा संगठनको विकास, विस्तार र स्वरूप अझ परिमार्जन र परिष्कृत हुँदै जाने विश्वास उनले व्यक्त गरे।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणाले संगठनको निष्ठालाई सदैव सर्वोपरी राखेर कार्यसम्पादन गर्ने बताइन्।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानलगायतको उपस्थिति थियो।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long