stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका एसएसपीलाई निलम्बन गर्न गृहलाई पत्र

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सशस्त्र प्रहरी मुख्यालयले बलात्कारको आरोप लागेका दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा कार्यरत सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारीलाई निलम्बन गर्न गृह मन्त्रालयमा पत्र पठाएको छ ।

एसएसपी अधिकारी विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बलात्कार आरोपमा उजुरी परेको थियो ।

चितवन घर भई पोखरामा बस्दै आएकी एक महिलाले एसएसपी अधिकारी विरुद्ध उजुरी दिएपछि कास्की प्रहरीले सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालयसँग समन्वय गरेर उनलाई झाडीमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउको व्यहोरा पाए लगत्तै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आरोपित एसएसपी अधिकारीलाई निलम्बन गर्न पत्र पठाएका हुन् । गृहमन्त्रीबाट आईजीपी खनालको पत्र सदर भएपछि अधिकारी औपचारिक रुपमा निलम्बनमा पर्नेछन् ।

अधिकारी पक्राउ परेपछि सशस्त्रको लामापाटन शिक्षालयले पक्राउ पुर्जी र कसुरको विवरण फ्याक्स गरेर मुख्यालयमा पठाएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari