आज ५ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

काठमाडौं । आज ५ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ। साथै, कोशी, वागमती र गण्डकीका पहाडी भेगमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ।
आज दिउँसो गण्डकीका थोरै तथा कोशी, वागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी, वागमती, गण्डकी र कर्णालीका पहाडी भेगका केही ठाउँमा वर्षा हुने सम्भावना छ।