evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

दशवटा वाणिज्य बैंकहरूले कार्तिक महिनामा व्याजदर घटाए

बैंकहरुको औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपमा कात्तिकमा ६.१८ प्रतिशत रहेको छ ।

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरू मध्ये १० वटा बैंकहरूले ब्याजदर घटाएका छन् भने ९ वटाले स्थिर राखेका छन् । कात्तिक महिनाका लागि सानिमा बैंक लिमिटेडले मात्र मुद्दति निक्षेपमा दिने ब्याजदर बढाएको छ ।

बैंकहरुको औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपमा कात्तिकमा ६.१८ प्रतिशत रहेको छ । यस्तो ब्याज असोजमा औसतमा ६.३८ प्रतिशत रहेको थियो ।

औषतमा असोजको तुलनामा कात्तिक महिनामा बैंकहरुको ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटेको देखिन्छ । कात्तिक महिनाका लागि सानिमा बैंकले ६.१५ प्रतिशत ब्याज दिने जनाएको छ ।

यस बैंकको गत असोज महिनामा मुद्दती निक्षेपमा व्याज दर ५.९ प्रतिशत रहेको थियो । एक महिनामा बैंकले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ ।

ब्याजदर घटाउने बैंकमा सिटिजन्स बैंक इन्टरनेशनल, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

अन्य ९ वटा बैंकहरूले मुद्दती निक्षेपमा व्याजदर स्थिर राखेका छन। पछिल्लो केही समययता बैंकहरुले लगातार बैंकको ब्याजदर घटाइरहेका छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा कर्जा प्रवाह हुन सकेको छैन । जसले गर्दा बैंकहरुले निक्षेपमा ब्याजदर घटाएका छन । कर्जाको माग नभएपछि अहिले बैंकहरुले ब्याजदर घटाउन प्रतिस्पर्धा गरिरहेका छन् ।

igi long
himalayan life insurance long ad