stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

रेडियो नेपालमा २५ औं भाषाको रुपमा दनुवार भाषामा समाचार प्रसारण हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रेडियो नेपालले दनुवार भाषामा समाचार प्रशारण गर्ने भएको छ । हालसम्म विभिन्न २४ भाषामा समाचार प्रसारण गर्दै आइरहेको रेडियो नेपालले थप एक भाषा थपी दनुवार भाषामासमेत समाचार प्रशारण गर्न लागेको हो ।

रेडियो नेपालले आगामी असोज ३० गते दिनको ३ः१५ बजेबाट दनुवार भाषामासमेत समाचार प्रसारण सुरु गर्न लागेको एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

नेपाल सरकारका प्रवक्ता एवं माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा उक्त भाषाको समाचार शुभारम्भ गरिने रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले जानकारी दिनुभयो ।

रेडियो नेपालले दनुवार जागरण समिति लगायतका सरोकारवालाहरुको अनुरोध र भाषा आयोगको सिफारिसमा २५ औँ राष्ट्रिय भाषाको रुपमा बाग्मती प्रादेशिक प्रसारण केन्द्रबाट दनुवार भाषामा समाचार प्रसारण गर्न लागेको रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्द्र भूषण दासले जानकारी दिनुभयो ।

दनुवार भाषा विशेषगरी नेपालको काभ्रेपलाञ्चोक, सिन्धुली, सिरहा, सर्लाही, महोत्तरी, सप्तरी, धनुषा, सिन्धुपाल्चोक, ललितपुर, उदयपुर, झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी, बारा, पर्सा, मकवानपुर लगायत ६२ वटा जिल्लामा बोलिने भाषा हो ।

यो समुदायको कुल जनसंख्या वि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार ८२,७८४ अर्थात कुल जनसंख्याको ०.२८ प्रतिशत रहेको छ । सोही तथ्याङ्क अनुसार नेपालमा दनुवार भाषा बोल्नेको संख्या झण्डै ५० हजार रहेको छ । यो कुल जनसंख्याको ०.१७ प्रतिशत हो ।

दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश भएसँगै रेडियो नेपाललाई भाषा, विषयवस्तु र जनशक्तिमा समेत थप समावेशी बनाउने उद्देश्यकासाथ काम भइरहेको कार्यकारी निर्देशक लामाले जानकारी दिनुभयो ।

भाषा आयोगले अति सिमान्तकृत आदिवासी समुदायमा राखेको दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश गर्न पाउनु समावेशी प्रसारणको यात्रामा रेडियो नेपालले हाशिल गरेको थप उपलब्धी भएको उहाँले बताउनुभयो ।

prabhu mahalaxmi
kumari