पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा बाढी र पहिरोवाट देशभर जनधनको क्षति पुगेकोमा दुःख ब्यक्त
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी र पहिरोवाट देशभर जनधनको क्षति पुगेकोमा दुःख ब्यक्त गरेका छन । एक विज्ञप्ती जारी गर्दैै पूर्व राजाले बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा आफु अत्यन्त दुखित भएको जनाएका हुन । पूर्व राजाले शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस भन्ने कामना गरेका छन ।
पूर्व राजाले विनासको समयमा पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पु¥याउन पनि आग्रह गरेका छन् । नेपाल जस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया भएको भन्दैपूर्व राजा शाहले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्ने पनि बताएका छन ।
पूर्व राजाले प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने कामना पनि गरेका छन ।
पूर्व राजाले पिडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाईते भएकाको सीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन ।



























