साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ६२ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ६२ ओैं स्थापना दिवश भव्य रूपमा भदौ २७ गते सम्पन्न भएको छ। कर्पोरेसनको केन्द्रीय कार्यालय कालिमाटीमा भएको ६२ ओैं स्थापना दिवशको उदघाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए।
उदघाटनपछि मन्त्री भण्डारीले ६२ ओैं स्थापना दिवशका अवसरमा सम्बोधन गर्दै सरकारको समेत लगानी रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् ।
वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमै आयोजना गरिएको भव्य समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई व्यावसायिक, थप विश्वसनीय र प्रतिस्पर्धी बनाउन आवश्यक सहयोग सरकारले गर्ने बताएका छन् ।
साल्ट ट्रेडिङ्गको वृद्धि र विकास तथा आपूर्ति श्रृंखलामा व्यवस्थित रुपमा अगाडि बढाउन नीतिगत रुपमा केही कदम चाल्नुपर्छ भन्ने महशुस गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सधैँ साथमा रहने उनको भनाइ थियो ।
यस्तै, उनले साल्ट ट्रेनिङले आफूलाई थप विश्वसनीय, व्यावसायिक र प्रतिस्पर्धी बनाउन ठोस कार्ययोजनाका साथ नयाँ योजना आउनुपर्नेमा पनि जोड दिएका छन् ।
‘नयाँ प्लान ल्याएर नेपाली बजारको एउटा विश्वसनीय आधार साल्ट ट्रेडिङलाई बनाउनुपर्छ । त्यसका लागि ठोस कार्ययोजना अघि बढोस् ।
हाम्रो मन्त्रालयको सुधार कार्ययोजनाभित्र पनि साल्ट ट्रेडिङ्गलाई एउटा कम्पोनेन्ट मानेर प्रोत्साहित गरेका छौँ,’ मन्त्री भण्डारीले भनेका छन ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा सरकारको समेत आवद्धता रहेको, लामो र व्यावसायिक पृष्ठभूमि बोकेका व्यक्तिहरू सञ्चालक रहेको परिपेक्ष्यमा कर्पोरेशन भरपर्दो, विश्वसनीय, अभावलाई अन्त्य गर्न सक्ने, चाँडै उपलब्ध गर्न सक्ने, उपलब्धताको व्यवस्थित कार्ययोजना भएको हुनुपर्ने मन्त्री भण्डारीले बताएका छन ।
सरकारले जसरी कर्पोरेशनलाई विश्वास गरेको छ, त्यसैगरी कर्पोेरेशनले जनताको विश्वास जित्दै विश्वसनीय संस्थाको रुपमा उभिन सक्नुपर्ने मन्त्री भण्डारीले बताएका छन ।
छ दशक लामो यात्रा पार गरेको कर्पोरेशनले आफ्नो लामो यात्रामा अनेक उतारचढाव पार गरेर यो स्थानमा आइपुगेको चर्चा गर्दै मन्त्री भण्डारीले नेपाली आपूर्ति बजारमा साल्ट ट्रेडिङ्गको भूमिकालाई नजरअन्दाज गर्नै नसकिने बताउदै अहिले अत्यावश्यक वस्तुको उपलब्धता सहज भए पनि हिजोमा असहज परिस्थितिमा आफ्नो क्षत्रमा व्यावसाकितामा रहेर उल्लेख्य काम गरेको छ,वार्षिकोत्सवको अवसरमा संस्थाको उन्नति, प्रगति र अझ अब्बल व्यावसायिकतामा उभिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु भनेका छन। उनले वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा सम्मानति भएकाहरूलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।
कार्यक्रममा साल्ट ट्रेनिङ्ग कर्पोरेसनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले कर्पोरेसनले सदैव उपभोक्ता वर्गको हितमा सुपथ मूल्य,गुणस्तरीय मुल्य,सर्वसुलभ सेवा प्रदान गर्दै आएको बताएका थिए। अध्यक्ष श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेशन सार्वजनिक–निजी साझेदारीको नमूना र सफल संस्था भएको बताएका छन् ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफ्नो उद्देश्य अनुसार सेवा पुर्याउँदै आएको एसटीसी सफल र नमूना संस्था भएको बताएका छन् ।
संस्थाले अघि सारेको अभियानमा सरकार र सम्बन्धित निकायहरू तथा सर्वसाधारणबाट समेत उल्लेख्य सहयोग सहयोग प्राप्त भइरहेको र संस्थाको सफलता नै आम उपभोक्ताको सफलता भएको उनले बताएका छन ।
भविष्यमा थप सफल र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सार्वजनिक–निजी साझेदारीको नमूनाका रूपमा काम गर्दै आएको यो संस्था विभिन्न चुनौती र समस्या आए पनि स्मरणयोग्य इतिहास निर्माण गर्दै उपभोक्ताको मन जित्न सफल भएको बताएका छन।
यस्तै, अध्यक्ष श्रेष्ठले सरकारले समेत विश्वास गरेको एसटीसीले संस्थागत सामाजिक उत्तरदायित्व बोध गरी सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको विझिन्न संघ–संस्था र व्यक्ति–व्यत्तित्वहरू सम्मान गरिएको जानकारी पनि दिएका छन ।
कार्यक्रममा कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनको प्रगतिका बारेमा बताउदै कर्मचारीहरूलाई अझ इमानदार,कर्तव्यनिष्ठ र जिम्मेवार भएर काम गर्न निर्देशन दिएकी थिइन।
सरकार,उद्योग मन्त्री,सचिव,सञ्चालन समिति पदाधिकारी,सदस्य, व्यवस्थापन टिम र सबै कर्मचारीहरूको सहयोग र मेहनतले कर्पोरेसन यो अवस्थामा आउन सकेको बताउदै सबै पक्षबाट आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताएकी थिइन।
कर्पोरेसनले आफ्नो सेवा प्रारम्भ गर्दादेखिनै सुपथ मूल्य,गुणस्तरीय एवं सर्वसुलभलाई आफ्नो मुलमन्त्रका रूपमा लिदै त्यही मूल्य मान्यता अनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै आएको छ। यही मूल्य मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारी रूपमा आम उपभोक्ताको सेवामा सक्रिय रहने प्रतिवद्वता पनि सिईओ श्रेष्ठले जनाएकी थिइन । सिईओ श्रेष्ठले कर्पोरेसनले आम उपभोक्तालाई दैनिक आवश्यक पर्ने
नुन,चिनी,तेल,पिठो,चामल,दाल,गेडागुडी,मसला,चियापत्ति,खाना पकाउने ग्याँस आफ्नै आउटलेटबाट उपलब्ध गराउदै आएको बताउदै उनले यसका अलवा कर्पोरेसनले सरकारको नीति अनुरूप कृषि उत्पादन वृद्वि गर्न अनुदानको रासायनिक मल,बिऊ,अनुदान बाहेकको रासायनिक मल र अखवारी कागज आयात गरि बिक्री गर्दै आएको पनि बताइन।
कर्पोरेसनले यस वर्षको लक्ष्मीदास मानन्धर बालहित पुरस्कार श्री मानव कल्याण समाज पनौतीलाई दिने निर्णय गरेको छ। यो पुरस्कारको राशी ताम्रपत्र सहित १ लाख रूपैयाँको रहेको छ।
कर्पोरेसनको श्रीवृद्विमा उल्लेखनीय योगदान पुर्याउने अग्रज तथा आदर्श पुरूष हेम बहादुर मल्ल पुरस्कार पुर्व परराष्ट्रमन्त्री तथा परराष्ट्र विद डा. भेष बहादुर थापालाई केही अगाडि नेपाल जनप्रशासन संघको सहकार्यमा दिएको थियो।
कर्पोरेसनले यस वर्षको एस.ई.ई. परीक्षामा उत्कृष्ठ नम्बर ल्याउने साल्ट ट्रेडिङ्ग कर्पोरेशनका कर्मचारीका छोराछोरी मध्येलाई दिइने साल्ट ट्रेडिङ अंगमान शेरचन छात्रवृत्ति यस वर्ष प्रदेश कार्यालय भैरहवाका कर्मचारी सुनिता गौतमका छोरा जतिन गौतमलाई र साल्ट टेडिङ लोकनाथ जोशी छात्रवृत्ति प्रदेश कार्यालय काठमाडौंका कर्मचारी राजन लामाको छोरी सुश्री निमासङ लामालाई दिइएको छ। यो छात्रवृत्ति पुरस्कार प्रमाणपत्र सहित मासिक पाँच हजार रूपैयाँ दुई वर्षसम्म उपलब्ध गराइन्छ।
यस वर्ष कर्पोरेसनको अधिकृत स्तरतर्फ रही उल्लेखनीय काम गर्ने केन्द्रीय कार्यालयमा कार्यरत प्रबन्धक टुलेश्वर प्रसाद साह,सहायक स्तरतर्फको कर्मचारीमा उत्कृष्ट काम गर्ने प्रदेश कार्यालय विराटनगरमा कार्यरत प्रमुख सहायक बसन्त कुमार यादव र स्तर विहिनतर्फको कर्मचारीमा केन्द्रीय कार्यालयमा कार्यरत सवारी चालक तृतिय याम बहादुर मगरलाई हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ। यो पुरस्कारको राशी प्रमाणपत्र सहित ३५ हजार रूपैयाँको रहेको छ।
यसैगरि यस वर्ष कर्पोरेसनको अधिकृत स्तरमा रहि उल्लेखनीय काम गर्ने केन्द्रीय कार्यालयका सहायक प्रमुख कार्यकारी अधिकृत संकेत भट्टराई,ननअधिकृतमा उत्कृष्ट काम गर्ने डिपो कार्यालय डोल्पाका प्रमुख सहायक प्रकाश बहादुर धामी र स्तरविहिन तर्फ प्रदेश कार्यालय पोखराका कार्यालय सहयोगी द्वितिय धन बहादुर झाक्री मगरलाई ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारबाट सम्मानित गरेको छ।
यो पुरस्कारको राशी सम्मानपत्र सहित ४० हजार रूपैयाँको रहेको छ। उक्त अवसरमा कर्पोरेशनमा निरन्तर सेवामा रही २० वर्ष पूरा गरेका कर्मचारीलाई कदरपत्र पदक प्रदान गरिएको थियो ।
कर्पोरेशनलाई ठुलीभेरी न. पा.३ का समाजसेवी डिल बहादुर मल्लले तीन कठ्ठा जमिन कर्पोरेसनको भवन निर्माणका लागि निस्शुल्क उपलब्ध गराएकोमा उनको उच्च सम्मान गरिएको थियो।
यसैबीच कर्पोरेशनको वार्षिकोत्सबका अवसरमा गरिएको रक्तदान कार्यक्रममा कर्पोरेसनका ५६ जना कर्मचारीले रक्तदान गरेका थिए।
टेडको ६२ औं बार्षिकोत्सव समारोहमाझ सिईओ उर्मिला श्रेष्ठले दिनुभएको मन्तव्य
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२ औं बार्षिकोत्सव समारोहमा प्रमुख कार्यकारी अधिकृत श्रीमती उर्मिला श्रेष्ठले दिनुभएको मन्तव्य
व्यावसायिक कारोवारका साथै सामाजिक सेवामा निरन्तर सक्रिय साल्ट टेडिङ्ग कर्पोरेशनले ६१ वर्ष पूरा गरी ६२ औं वर्ष प्रवेशको अवसरमा आयोजित यो विशेष समारोहलाई गरिमा प्रदान गर्न पाल्नु भएका समस्त आदरणीय महानुभावहरुमा हार्दिक आभार सहित अभिवादन व्यक्त गर्दछु ।
अति व्यस्तताका वावजूद माननीय उद्योग, वार्णिज्य तथा आपूर्ति मन्त्रीज्यूले हामीलाई आफ्नो अमूल्य समय प्रदान गर्नु भएकोमा कर्पोरेशन परिवारको तर्फबाट हार्दिक आभार सहित अभिवादन गर्दछौ ।
विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको यो सहभागिताले आम उपभोक्ता समक्ष स्तरीय सेवा पुसयाउन थप उर्जा प्राप्त हुने विश्वास लिएका छौ।
हाम्रो निमन्त्रणा स्वीकार गरी हामीलाई प्रोत्साहित गर्नु भएकोमा नेपाल सरकारका आदरणीय सचिवज्यूहरु, उच्चपदाधिकारीहरु एवम् विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु सहित आमन्त्रित अतिथिहरुमा कृतज्ञता सहित हार्दिक स्वागत गर्दछु ।
कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दा देखि नै सुपथ मूल्य, गुणस्तरीयता एवम सर्व सुलभतालाई मूलमन्त्रको रुपमा लिदै त्यही मूल्य मान्यता अनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै आएको छ । यही मूल्य मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारी रुपमा आम उपभोक्ताको सेवामा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दछौ ।
कर्पोेरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि अति आवश्यक वस्तु नून लगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ट दशक भन्दा ब९ी समय पुरा गरेको छ । राष्टमा आइपर्ने जस्तो सुकै विषम परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा पुसयाउने यात्रालाई निरन्तरता दिएकोछ ।
कर्पोरेशनले आफ्नो सेवाका साथै नेपाल सरकारले समय समयमा सुम्पिएका जिम्मेवारी पुरा गर्नमा समेत प्रतिवद्ध हुंदै आएको छ भने हामीलाई विश्वास गरी थप दायित्व प्रदान गरेकोमा नेपाल सरकार प्रति आभार व्यक्त गदछौ। । यो विश्वासले हामीलाई थप सेवाप्रवाहमा हौसला प्राप्त भएको छ ।
कर्पोरेशनले आमजनताले दैनिक उपभोग गर्ने नून, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यास समेत समान्य अवस्थामा आफ्नै आउट लेट बाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलो सम्म पुर्याएर भए पनि सेवाप्रवाहलाई निरन्तरता दिएको छ ।
विगतमा आएको ठुलो भूकम्प र कोभिडको समयमा हामीले आम उपभोक्ताको ३रदैलो सम्म सेवा पुर्याउन सकेकोमा हामी गौरवान्वित भएका छौ र सर्वसाधारणबाट प्रशंशा पाएका छौ । सरकारले हामीलाई कार्यक्षेत्र व्यापक बनाउन र अत्यावश्यकीय उपभोग्यवस्तु उत्पादन, तथा सुपथ मूल्यमा बिक्री वितरण गर्न प्रोत्साहित गर्दै आएकोमा कर्पोरेशन गौरवान्वित भई आफ्नो दायित्व निर्वाहमा रहिरहने वचनवद्धताका साथ नेपाल सरकार प्रति आभार व्यक्त गर्दछु ।
दैनिक उपभोग्य वस्तुका अतिरिक्त कृषि क्षेत्रको विकासमा सहयोग पुर्याउन अनुदानित एवम् गैर अनुदानित रासायनिक मल आयात गरी आवश्यक समयमा किसानहरुलाई उपलब्ध गराउदै आएका छौं भने पत्रपत्रिका प्रकाशनमा उपयोगी कागजको आयात र बिक्री बितरण गदै आएका छौ र आधुनिक प्रविधिमा आधारित सुरक्षित घरहरु बनाएर बिक्री गर्न प्रयासरत छौ ।
यसरी साल्ट टेडिङ्ग कर्पोरेशनले कारोवार र सेवाको क्षेत्र दिनानुदिन बढाउदै लगेको छ भने भविष्यमा अझ बिस्तार गर्ने नीति लिएका छौं । हामीलाई विश्वास छ सबैको स्नेह, सहयोग र सद्भावनाले थप सफलता प्राप्त गर्ने छौं ।
विगत वर्षहरुमा झै यस वर्ष पनि रक्तदान कार्यक्र्रम सफलता पूर्वक सम्पन्न गरिएको छ । यस कार्यक्रममा छट जना महानुभाव सहभागी भई रक्तदान गर्नु भएकोमा रक्तदाताहरु प्रति धन्यवाद ज्ञापन गर्दछु ।
यस वर्षको लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कारको लागि श्री मानव कल्याण समाज, पनौती, काभ्रेपलाञ्चोक छनौट गरिएको छ र उक्त संस्थालाई ताम्रपत्र सहित रु १ लाख नगद प्रदान गरिने छ ।
कर्पोरेशनको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुसयाउनु हुने अग्रजहरुको नाममा कर्पोरेशनले विभिन्न पुरस्कार र छात्रवृत्तिको व्यबस्था गदै आएको अवगत गराउदछु ।
संस्थाका आदर्श पुरुष हेम बहादुर मल्लको नाममा स्थापित सम्मान कार्यक्रम नेपाल जन प्रशासन संघँंगको सहर्कायमा केही समय अघि सम्पन्न गरिएको छ । यस वर्ष कर्पोरेशनका कर्मचारीहरुका छोराछोरीमा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई साल्ट टेडिङ्ग अनङ्गमान शेरचन छात्रबृत्ति प्राप्त गर्ने प्रदेश कार्यालय, भैरहवाका कर्मचारी श्रीमती सुनिता गौतमको छोरा श्री जतिन गौतम तथा साल्ट टेडिङ्ग लोकनाथ जोशी छात्रबृत्ति प्राप्त गर्ने प्रदेश कार्यालय, काठमाडौंका कर्मचारी श्री राजन लामाको छोरी सुश्री निमास्य लामालाई बधाई ज्ञापन गदछु तथा उनीहरुलाई भविष्यमा अझ बढी सफलता मिलोस भन्ने कामना गदछु र अविभावकहरुमा पनि बधाई ज्ञापन गदछु ।
छात्रवृत्तिको लागि प्रमाण पत्र सहित मासिक रुपमा रु ६,००० का दरले २ वर्ष सम्म उपलब्ध गराईने छ । यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्र्ने केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी प्रबन्धक श्रीटुलेश्वर प्रसाद साह, नन्अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने प्रदेश कार्यालय, विराटनगरमा कार्यरत कर्मचारी प्रमुख सहायक श्री बसन्त कुमार यादव तथा स्तरबिहिन तर्फ केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी सवारी चालक तृतीय श्री याम बहादुर मगरलाई हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
त्यसै गरी यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्र्ने केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी सहायक प्रमुख कार्यकारी अधिकृत श्री संकेत भट्टराई, नन्अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने डिपो कार्यालय डोल्पामा कार्यरत कर्मचारी प्रमुख सहायक श्री प्रकाश बहादुर धामी तथा स्तरबिहिन तर्फ प्रदेश कार्यालय, पोखरामा कार्यरत कर्मचारी कार्यालय सहयोगी द्धितिय श्री धन बहादुर झाक्री मगरलाई ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
पुरस्कृत हुनु भएकोमा बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गदछु । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्र सहित नगद रु. ४०,००० र हेम बाहदुर मल्ल उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्र सहित रु. ३५,००० उपलब्ध गराईनेछ ।
कर्पोरेशनको निरन्तर सेवामा रहि २० वर्ष पूरा गरी कदरपत्र पाउने कर्मचारीहरुको भविष्य अझ उज्वल होस् भन्ने हार्दिक कामना गदछु । कर्पोरेशनले नून जस्तो अत्यावश्यक वस्तु दूरदराजका उपभोक्ताहरु माझ सर्वसुलभ रुपमा उपलब्ध गराएको सेवा भावलाई कदर गर्दै ठूली भेरी नगरपालिका – ३, डोल्पाका समाजसेवी श्री डिल बहादुर मल्लले आÞनो स्वामित्वको ३ कठ्ठा जग्गा कर्पोरेशनको भवन निर्माण गर्न निशुल्क उपलब्ध गराउनु भएकोमा उंहालाई हार्दिक धन्यवाद ज्ञापन गदछु । समाजमा यस्ता व्यक्तित्वहरुको सहयोगी भावनाले अरुलाई समेत समाज सेवामा अभिप्रेरित गर्नेछ भन्ने महशुश गरेको छु ।
उहाँको सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु । यस अवसरमा कर्पोरेशनको तर्फबाट उहाँलाई सम्मान गर्न पाँउदा प्रसन्नता महशुश गरेको छु ।
कतिपय आरोह अवरोहको विषम परिस्थितिमा पनि अनवरत रुपमा आम उपभोक्ताको घरदैलोसम्म आफ्नो सेवा पुर्याउन सफल हुनुभएकोमा कर्पोरेशनमा कार्यरत सम्पूर्ण कर्मचारी साथीहरुमा धन्यवाद ज्ञापन गर्दछु ।
यस्तै उत्साह उमंगका साथ कर्पोेशनलाई भविष्यमा पनि सहयोग प्राप्त भईरहने अपेक्षा गर्दछु । २०८१ सालको बडादशै, तिहार, नेपाल सम्वत तथा छठको पूर्व सन्ध्यामा समस्त उपभोक्ता वर्ग साथै सबैमा शुभकामना व्यक्त गर्दछु । अन्त्यमा सबैमा पुन हार्दिक स्वागत अभिवादन गर्दछु ।