stcnepal long ad
ime life insurance
national life
global ime bank long

मयुर यातायातले काठमाडौं उपत्यकामा बस सेवा सञ्चालन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुर यातायात प्रा.लि.ले भने बस सेवा शुरु गरेको छ । आजदेखि तीनवटा बसबाट सेवा शुरु गरिएको प्रा.लि.ले जनाएको छ ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो ।

सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि प्रालिले बस चलाउन थालेको हो । यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको प्रालिका सञ्चालक दीपक भण्डारीले बताए ।

पहिलो दिनमा काठमाडौँ–बनेपा र चक्रपथ रुटमा बस चलेको छ । उनका अनुसार प्रालिले आगामी दिनमा अरु बस थप्नेसमेत योजना बनाएको छ ।

उनले भने  ‘मङ्गलबार र बुधबारदेखि नै अरु बस थप्दै जानेछौ ।’ बन्दाबन्दीमा बस सञ्चालन नहुँदा व्यवसायी मारमा परेको भन्दै सहुलियतका लागि सार्वजनिक यातायात व्ययवसायी राष्ट्रिय महासङ्घले गरेको मागमा सो प्रा.लि.ले पनि समर्थन गरेको जनाएको छ ।

IME Lifesidebar
kumari