evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

नेवाः सांस्कृतिक ज्ञानकोश सार्वजनिक

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेवाः समुदायको सम्पूर्ण जानकारी समावेश गरिएको ‘नेवाः सांस्कृतिक ज्ञानकोश’ राजधानीमा शुक्रबार सार्वजनिक गरिएको छ ।

नेपाल भाषा एकेडेमीले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा ल्याएको सो ज्ञानकोशका दुर्गालाल श्रेष्ठ, कालु कुम्हाः, यज्ञमानपति वज्राचार्य, सुवर्णकेशरी चित्रकार र श्रीगोपाल प्रजापतिले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।

नेवाः सांस्कृतिक ज्ञानकोशमा नेवार समुदायको सम्पूर्ण विवरण समेटिएको छ । ज्ञानकोश ‘नेवाः म्हसीका, ‘संस्कृति व सम्पदा’, ‘भाषा, लिपि व साहित्य’, ‘म्ये, बाजं व प्याखं’ र ‘शिल्प, प्रविधि र ज्ञान’ गरी पाँच भागमा प्रकाशित छ । पाँच भागमा प्रकाशित ज्ञानकोशको पाँचै पुस्तक गरी करिब दुई हजार आठ सय पृष्ठ रहेको छ ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले यस्तो बृहत् पुस्तक प्रकाशनमा महानगरपालिकाले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाली र अङ्ग्रेजी अनुवादमा समेत महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

नेपाल भाषा एकेडेमीका उपकुलपति मल्ल के. सुन्दरले ज्ञानकोश नेवार समुदायबारे सम्पूर्ण जानकारी समावेश भएको बृहत् कोश भएको बताउनुभयो ।

कृतिमा नेवारहरू को हुन्, कहाँबाट आएका हुन्, उनीहरूको संस्कृति के हो, जात्रा पर्व के हो, कहिले मनाइन्छ भन्नेबारेमा सम्पूर्ण जानकारी समावेश गरिएको जनाइएको छ ।

himalayan life insurance
igi long