stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

देशका धेरै ठाउँमा वर्षा, दिउँसो पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । गएरातिदेखि नै कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनीका केही ठाउँ तथा अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

काठमाडौं उपत्यकामा पनि गएरातिदेखि हल्का पानी परिरहेको छ । आज दिउँसो पनि पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पानी पर्ने प्रणाली विशेषगरी लुम्बिनी प्रदेशमा सक्रिय छ । ती क्षेत्रमा मध्यम तथा ठूलो वर्षा भइरहेको छ ।

कैलालीको टीकापुर, बलिया, बचिला र आसपास पनि ठूलो पानी परेको छ । बाग्लुङको म्याग्दी खोला, मङ्गलघाट जलमापन केन्द्रमा पानी परेको छ ।

त्यस्तै सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, ढाप, गोब्रे, बाउनेपाटी, बोल्डे, ढुङ्गे वर्षामापन केन्द्र र आसपासमा सामान्यदेखि मध्यम वर्षा भएको छ ।

पानी पर्ने क्रम निरन्तर रहेकाले मेलम्ची, इन्द्रावती र यसका सहायक नदी तथा हाडी खोला र अन्य स–साना खोलामा बाढीको जोखिम छ ।

जमिन भिजेको अवस्थामा हल्का पानी पर्दा पनि कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहने भएकाले त्यस्ता जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari