stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुशल प्रशासक एवं व्यवस्थापक हेम बहादुर मल्ल सम्मान २०७९ पुरस्कार डा. भेष बहादुर थापालाई प्रदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा आज साउन २३ गते रयाडिसन होटलमा ‘कुशल प्रशासक एवं व्यवस्थापक हेम बहादुर मल्ल सम्मान २०७९ पुरस्कार’ डा. भेष बहादुर थापालाई राष्ट्रपति रामचन्द्र पौडेलले एक कार्यक्रम बीच प्रदान गर्नु भएको छ।

जनप्रशासन संघले हेम बहादुर मल्ल सम्मान २०७९ बाट सम्मानित व्याक्ति डा. भेष बहादुर थापा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य,पुर्व सचिव, नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर,अमेरिका र भारतका लागि पुर्व राजदुत तथा पुर्व मन्त्री हुनुहुन्छ।  डा. थापा यो सम्मान पाउने बिसौ व्यक्ति हुन । डा. थापा कुशल प्रशासक,अर्थविद,योजनाविद,कुटनैतिक क्षेत्रका ज्ञाता र विद्वान व्याक्ति मानिनु हुन्छ।

डा. थापाले सार्वजनिक प्रशासनिक,आर्थिक र कुटनैतिक क्षेत्रमा करिव पाँच दशक उत्कृष्ट योगदान दिनु भएको थियो।

थापालाई नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट हेम बहादुर मल्ल सम्मान, प्रमाणपत्र र नगद दुई लाख रूपैयाँ अर्पण गरिएको छ। सम्मान पुरस्कार राशिको रकम सुरुमा नगद एक लाख रहेकोमा अहिले बढाएर दुई लाख रूपैयाँ पुरयाएको छ ।

यो सम्मान पुरस्कारबाट अहिलेसम्म त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, पहिलो महिला विकास अधिकृत चाँदनी जोशी, मुटु रोग चिकित्सक डा. भगवान कोइराला, पर्वूमुख्यसचिव बिमल कोइराला, आविस्कार केन्द्रका महाविर पुन, पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ, पुर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पुर्व सभामुख दमननाथ ढुंगाना, काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा.सुरेशराज शर्मा, पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, पुर्व गृह सचिव तथा लोक सेवा आयोगका पुर्व अध्यक्ष उमेश मैनाली, पुर्व मुख्यसचिव दामोदर गौतम, पुर्व मन्त्री डा. देवेन्द्रराज पाण्डे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आँखा उपचारका विशेषज्ञ चिकित्सक डा. सन्दुक रूइत, वरिष्ठ छाती रोग विशेषज्ञ चिकित्सक डा. गौरी शंकरलाल दास, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, पुर्व सचिव गोरक्ष बहादुर न्हुन्च्छे प्रधान र पुर्व अर्थ सचिव तथा महालेखा परिक्षक भानुप्रसाद आचार्य लगायतका विशिष्ठ व्यक्तिहरू सम्मानित भैसकेका छन् ।

२०४७ सालमा स्थापना भएको जनप्रशासन संघले ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेम बहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको नेतृत्व तहमा रहि उत्कृष्ट एवं विशिष्ठ योगदान पुरयाए वापत निजको सम्झना र सम्मानमा २०५९ सालमा ‘हेम बहादुर मल्ल सम्मान’ पुरस्कार स्थापना गरिएको थियो।

सम्मान पुरस्कार छनोटका लागि पुर्व मन्त्री तथा सचिव शंकर प्रसाद कोइरालाको संयोजकत्वमा गठन गरिएको छनोट समितिमा पानका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, पुर्व सचिव शिशिरकुमार ढुंगाना, दिलिप पौडेल र विन्दु विष्ट रहेका थिए।

छनोट समितिले सम्मान गर्ने व्याक्तिको आवेदन माग गरेकोमा कुनै पनि आवेदन परेन। समितिले सार्वजनिक क्षेत्रका विभिन्न ९६ जना व्याक्तिको नाम छनोट र पछि विज्ञबाट छ जना गरि एक सय दुई जना भन्दा बढीको नाम सिफारिस गरेको थियो।

त्यसमध्येबाट चरण/चरणमा ५२,२६,१३ जना गरि ५ जना छनोट गरि अन्तिममा तीन जनाको प्रोफाइल तयार गरि गोप्य मतदान गरि नाम सिफारिस गरेर अन्तिममा डा. थापालाई छनोट गरिएको जनप्रशासन संघले गठन गरेको छनोट समितिका संयोजक डा. शंकर प्रसाद कोइरालाले बताएका छन।

सम्मान छनोटका बारेमा संयोजक पुर्व सचिव तथा पुर्व मन्त्री शंकर प्रसाद कोइरालाले आफ्नो मन्तव्य राख्नु भएको थियो। विधि,प्रकृया र निष्टापुर्वक सम्मानित व्याक्ति छनोट गरिएको संयोजक कोइरालाले दाबी गर्नु भएको छ।

हेम बहादुर मल्ल सम्मान २०७९ अर्पण कार्यक्रममा नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्य,संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता, श्रम सचिव मुकुन्द प्रसाद निरौला, जनप्रशासन संघका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, पुर्व सचिव,पुर्व प्रशासक,बहालबाला व्यवस्थापक,पानका पदाधिकारी, सदस्य,कर्पोरेसनका सञ्चालक समितिका सदस्य,उच्च तहका कर्मचारीहरू,उद्योगी,व्यवसायी र पत्रकारहरू लगायतका महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।

साल्ट ट्रेडिङ कर्पोरेशनले दैनिक अत्यावश्यक खाद्यान्न चामल, मैदा,आटा, दाल,गेडागुडी, खाने तेल, चिनी लगायतका गुणस्तरीय वस्तु सर्वसुलभ र सुपथ मुल्यमा उपलब्ध गराउदै आएको छ।

यसको साथै किसानलाई चाहिने रासायनिक मल,खाना पकाउने एसटीडी ग्यास र अखवारका लागि आवश्यक पर्ने कागज पनि बिक्री वितरण गर्दै आएको छ। कर्पोरेशनले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरूलाई रकम प्रदान गर्दै आएको छ।

prabhu mahalaxmi
kumari