बलात्कारपछि बालिका गर्भवती, अपराधी ४ महिनापछि पक्राउ
विराटनगर । मोरङको उर्लाबारीबाट १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
उर्लाबारी नगरपालिका–५ की १७ वर्षीया किशोरीलाई घरमा एक्लै भएको मौकामा बेहोस बनाउने औषधी सेवन गराई बलात्कार गरेको आरोपमा स्थानीय २१ बर्षीय भेषराज आचार्य र ३० बर्षीय प्रदिप खतिवडालाई प्रहरीले पक्राउ गरेको हो ।
गएको फागुन २७ गते बलात्कारपछि फरार भएका उनीहरुलाई सोमबार उनीहरुकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए । बलात्कृत भएकी भनिएको किशोरी गर्भवती रहेको खुलेको उनले बताए ।
पक्राउ परेका उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


























