stcnepal long ad
Himalayan bank
national life

बिश्व स्वास्थ्य संगठनमा जागिर लगाई दिने भन्दै ठगी गर्ने पक्राउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा जागिर लगाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं तिनकुने बस्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देउचुली नगरपालिका-१५ प्रगतीनगरका बिजय पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पाण्डेले चितवन भरतपुर महानगरपालिका बस्ने अस्मिता अधिकारीलाई करिब १ वर्ष पहिले चिनजान गरी आफू विश्व स्वास्थ्य संगठनको कर्मचारी हुँ, उक्त संगठनमा कर्मचारी माग भएको अवस्थामा जागिर लगाई दिन्छु भनि २०७७ वैशाख २९ गतेदेखि असार ७ गतेसम्म पटक पटक गरी बैंक खाता तथा आईएमई मार्फत १ लाख ८२ हजार रुपैयाँ लिई सम्पर्क विहिन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पाण्डेलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।

पाण्डेले काठमाडौं शंखमुलमा धन बहादुर बिष्टले सञ्चालन गरेको फर्निचर पसलबाट १८ लाख रुपैयाँको फर्निचर लिन्छु भनि विश्वास दिलाई उक्त फर्निचर सञ्चालकबाट ५० हजार रुपैयाँ लिई ठगी गरेको,चितवन भरतपुर महानगरपालिका बस्ने निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य संगठनको कार्यालय ललितपुरमा जागिर लगाई दिने विश्वास दिलाई ३ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

साथै अछाम तुर्माखाँद घर भएकी रञ्जु बुढालाई १ बर्षसम्म नक्कली कार्यालयमा काम लगाई तलब नदिई ठगी गरेको, नवलपरासी बस्ने दिपक खनाल, धन बहादुर क्षेत्री, मनाङ घर भएका कासी गुरुङ, एकिन ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरे समेतका ब्यक्तिहरुलाई डब्लुएचओमा जागिर लगाउने लगायतका प्रलोभनमा पारी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

पाण्डेबाट अन्य कोही ठगीमा परेको भए महानगरीय अपराध महाशाखा नयाँबानेश्वर तथा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा सम्पर्क राख्न हुन उक्त महाशाखाले सूचित गरेको छ ।

उनी उपर ठगी सम्बन्धी कसूरमा अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

 

kumari bank
kumari
nawakantipur long