stcnepal long ad
ime life insurance
national life
global ime bank long

बर्नहार्ट कलेजले २५औं वर्ष प्रवेशका अवसरमा २५ विद्यार्थीलाई निःशुल्क पढाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्णछात्रवृत्ति दिने घोषणा गरेको छ ।

काठमाडौंको बल्खुमा रहेको उक्त कलेजले आगामी शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिए ।

‘कलेज २५ औं बर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुलाई लक्षित गरेर हामीले यस्तो योजना बनाएका हौ,’ अधिकारीले भने । कक्षा ११ र १२ दुवैमा लागू हुने पूर्णछात्रवृत्ति योजना प्राप्त गर्नका लागि माध्यामिक शिक्षा (एसईई) परीक्षामा चार जिपिए अनिवार्य गरिएको छ ।

कलेजको यो घोषणासँगै चार जिपिए ल्याएका पहिला भर्ना हुन आउने २५ जनाले काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजमा कक्षा ११ र १२ निःशुल्क अध्ययनको अवसर पाउने छन् ।

उच्च शिक्षाको पहिलो ढोका मानिने एसईई परीक्षामा राम्रो अंक प्राप्त गरेर पनि उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुका लागि नयाँ योजनाले विद्यार्थीहरुको भविष्यलाई साकार बनाउन मद्दत गर्ने कलेज प्रशासनको अपेक्षा छ ।

देशैभरी भएका हजारौं प्लसटु कलेजको भीडमा विज्ञान र व्यवस्थापन संकायको अध्यापन गराउँदै आएको यस कलेज २०५७ सालमा स्थापना भएको हो । विद्यालयले क्षमताअनुसार विद्यार्थी केन्द्रित स्तरीय पठनपाठन गराउँदै आएको दावी गरेको छ ।

कक्षा नर्सरीदेखि मास्टर लेभलसम्मको अध्यापन गराउँदैं आइरहेको यो कलेज नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०७६ सालमा निजी तर्फ उत्कृष्ट महाविद्यालयको घोषित हुँदै सम्मानित समेत भएको थियो ।

IME Lifesidebar
kumari