stcnepal long ad
ime life insurance
national life
global ime bank long

विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक एक्सेल भान काठमाडौँमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग नेपाल भ्रमणमा आएका छन् । उनी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को ‘थर्ड आईडीए २१ रिप्लेनिसमेन्ट मिटिङ’ को सिलसिलामा नेपाल आएका हुन् ।

नेपालमा पहिलो पटक हुन लागेको विश्व बैंकको उच्चस्तरीय बैठक ४ असारदेखि तीन दिनसम्म चल्ने छ । उनले यस बैठकको अध्यक्षता समेत गर्ने छन् । यो बैठकमा न्यून आय भएका मुलुकलाई विश्वबैंकको सहायताबारे रणनीति तय गर्ने छ ।

यसअघि सरकारले यो सम्मेलनमा विश्व बैंकका अध्यक्ष अजय बंगा सहभागी हुने बताएको थियो । तर, सिनियर प्रबन्ध निर्देशकले बैठकको अध्यक्षता गर्ने भएसँगै अध्यक्ष भने नेपाल नआउने भएका छन् । ट्रोटसनबर्ग बंगापछि विश्वबैंकका दोस्रो वरियताका अधिकारी हुन् ।

नेपालमा ट्रोटसनबर्ग पाँच दिनसम्म रहनेछन् । त्यस क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन, मुख्य सचिव बैकुण्ठ अर्याल सहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ । साथमा उनले विकास साझेदारहरूसँग समेत भेट गर्ने विश्व बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari