citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

लोक कल्याणकारी विज्ञापनको रकम रोकिएकोप्रति प्रेस चौतारीको आपत्ति

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । सरकारले छापा माध्यमहरूलाई उपलब्ध गराउँदै आएको लोक कल्याणकारी विज्ञापनको रकम रोकिएको घटनाप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वैशाखदेखि असार महिनासम्मको लोक कल्याणकारी विज्ञापन बापतको करिब ३ करोड ४६ लाख रुपैयाँ रकम रोकेर अर्थ मन्त्रालयले सञ्चार माध्यम र श्रमजीवी एवं स्वरोजगार सञ्चारकर्मीप्रति गम्भीर घात गरेको प्रेस चौतारीले जनाएको छ ।

‘चौतर्फी आर्थिक मन्दीको मारमा परेर पनि गाउँ–गाउँमा सूचना प्रवाहको जिम्मेवारी निर्वाह गरिरहेका पत्रपत्रिकालाई राज्यले उपलब्ध गराउनुपर्ने लोक कल्याणकारी विज्ञापनको रकम समेत रोकेर सरकारले आम श्रमजीवी पत्रकार र तिनमा आश्रित परिवारजनको पेटमा लात हान्ने काम गरेको छ,’ प्रेस चौतारीका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वैशाखदेखि असार महिनासम्मको लोक कल्याणकारी विज्ञापन बापतको करिब ३ करोड ४६ लाख रुपैयाँ रकम रोकेर अर्थ मन्त्रालयले सञ्चार माध्यम र श्रमजीवी एवं स्वरोजगार सञ्चारकर्मीप्रति गम्भीर घात गरेको छ ।’

गत वर्ष पनि मन्त्रालयले यस्तै रवैया देखाएकोमा प्रेस चौतारी नेपालको अगुवाइमा अन्य सङ्घ, सङ्गठनहरूको निरन्तरको दबाबपछि उक्त रकम निकासा गर्न मन्त्रालय बाध्य भएको लामाले विज्ञप्तिमा स्मरण गराएका छन् ।

‘प्रेस चौतारी नेपाल, नेपाल प्रेस काउन्सिलको वर्गीकरणमा परेका ८६४ वटा पत्रिकाले वर्षौँदेखि पाउँदै आएको  लोक कल्याणकारी  विज्ञापनको  रकम  तत्काल  उपलब्ध  गराई स्वरोजगार मिडिया र श्रमजीवी  पत्रकारको असल अभिभावक बन्न सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

himalayan life insurance
igi long