sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

अब सिंहदरबारभित्र अपाङ्गतामैत्री पार्किङस्थल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गृह मन्त्रालयले सिंहदरबार परिसरभित्र अपाङ्गतामैत्री पार्किङस्थल तोक्न निर्देशन दिएको छ ।

सिंहदरबार परिसरलाई अपाङ्गतामैत्री बनाउन अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनका लागि पार्किङ एरिया तोक्ने व्यवस्था मिलाउन महानगरीय प्रहरी सुरक्षा गण, सिंहदरबारलाई गृह मन्त्रालयले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले भने, “सिंहदरबार परिसरभित्र आउने अपाङ्गता भएका आगन्तुक तथा सेवाग्राहीलाई सहजहोस्  भन्ने उद्देश्यले  मन्त्रालयले  अपाङ्गतामैत्री पार्किङ बनाउन एरिया तोक्ने निर्देशन दिएको हो ।”

सो व्यवस्था मिलाई मार्किङ गर्नसमेत मन्त्रालयले निर्देशन दिएको प्रवक्ता भट्टराईले बताए । गृहको निर्देशन कार्यान्वयनमा आएपछि अपाङ्गता भएका व्यक्तिहरुलाई सवारीसाधन पार्किङमा सहजता हुने विश्वास गरिएको छ ।

गृह प्रशासनले नागरिकमैत्री निर्णयमा जोड दिएको छ । अन्य मन्त्रालयको जिम्मेवारीमा पर्ने भए पनि ती मन्त्रालयको प्राथमिकतामा नपर्दा थप जिम्मेवारी समेत गृहले निर्वाह गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

सिंहदरबारभित्र निर्मित कतिपय संरचना अपाङ्गतामैत्री छैनन् । सिंहदरबारमा कार्यरत कर्मचारीदेखि आगन्तुकका लागिसमेत पार्किङ बनाउन सकिएको छैन ।

जसका कारण पार्किङमा समस्या देखिने गरेको छ । परिसरभित्रै अस्तव्यस्त पार्किङ भएपछि केही साताअघि मात्रै ट्राफिक प्रहरीको नियमितटोली तैनाथ गर्ने निर्णय गरिएको थियो ।

gold
prabhu bank
nawakantipur long