citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

ढुंगा–बालुवा ठेक्कामा भ्रष्टाचार आरोपमा १० कर्मचारीसहित १३ विरुद्ध मुद्दा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकामा नदीजन्य पदार्थको ठेक्कामा आर्थिक अनियमितता गरेको आरोपमा १० कर्मचारसहित १३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा भएका दुई ठेक्कामा भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल, तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडा, तत्कालीन इन्जिनियर विजयकुमार खत्री, सबइन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिरकुमार खडका, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सहलेखापाल छविलाल सुनार विरुद्ध ३६ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ मागदाबीसहित आयोगले मुद्दा दायर गरेको हो ।

मुद्दामा सुर्खेतका न्यु हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरिबहादुर बुढा क्षेत्री, नवराज कन्सट्रक्सनका प्रोपाइटर नवराज ढकाल र एञ्जल कन्सट्रक्सनका प्रोपाइटर भीमबहादुर बुढा क्षेत्रीलाई पनि प्रतिवादी बनाइएको छ ।

हरि निर्माण सेवाका सञ्चालकविरुद्ध आयोगले उनीहरुविरुद्ध आयोगले ३६ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ मागदाबी लिएको छ भने एञ्जल कन्सट्रक्सनका सञ्चालकविरुद्ध २१ लाख १ हजार ६ सय ९६ रुपैयाँ मागदाबी लिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा लगाएका विभिन्न ठेक्कामध्ये भेरीनदी गोछेखोला, छिन्चुखोला र डुंगिखोलाका नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री ठेक्कामा भ्रष्टाचार भएको आयोगको ठहर छ ।

बदनियतपूर्ण तवरले फर्महरुसँग एकआपसमा मिलोमतो गरी धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआउने तथा कार्यालयले पनि सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीको व्यवस्था बमोजिम छनोट भएको सफल बोलपत्रदाताले समयमा सम्झौता गर्न इन्कार गरे पनि धरौटी समयमा जफत नगर्ने र अन्य ठेक्का साटफेर गर्न अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नका लागि पत्राचार नगर्ने कसुर अनुसन्धानमा देखिएको आयोगले जनाएको छ ।

खरिद कानूनले निर्देश गरेको प्रक्रियाविपरीत पहिलोबाट एकैचोटि चौथो योग्य बोलपत्रदातासँग सम्झौता गर्ने जस्ता कानुन विपरीतका कार्य गरी ३६ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ बराबरको राजस्व रकम हानिनोक्सानी गरेको पुष्टि हुन आएको आयोगको दाबी छ ।

gold
himalayan life insurance long ad
kumari bank