citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज शनिबारको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं। हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ। हाल बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू(भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भू–भागको एक/दुई स्थानमा मेघगर्जनरचट्याङरहावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

himalayan life insurance
igi long