stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैंकबाट अनाधिकृत रुपमा रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनाधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका प्रतिवादी धादिङ रुबि भ्याली गाउँपालिका(२ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने ३६ वर्षीय सौजन तामाङलाई  ललितपुर महानगरपालिका–४ जाउलाखेलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ तामाङलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।
यसअघि २०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा जम्मा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा शंका लागि सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका व्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा अपराधिक व्यक्तिको समूहले बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्‍याएको भन्ने सूचनाको आधारमाउक्त महाशाखाबाट अनुसन्धानको क्रममा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जालाई पक्राउ गरी उनीहरुलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारवाहीको लागि परिसर काठमाडौं पठाएको थियो ।

prabhu mahalaxmi
kumari