citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आगामी आर्थिक वर्षमा एक हजार लघु, घरेलु तथा साना उद्योगीलाई ब्याज अनुदान उपलब्ध गराइने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । आगामी आर्थिक वर्षमा एक हजार लघु, घरेलु तथा साना उद्योगीलाई ब्याज अनुदान तथा प्रविधि उपलब्ध गराइने भएको छ ।

सरकारले घोषणा गरेको आगामी आ.व.को नीति तथा कार्यक्रममा लघु, घरेलु तथा साना उद्योगलाई प्रवर्धन गर्न ब्याजमा अनुदानका साथै प्रविधि उपलब्ध गराइने भएको छ ।

स्वदेशी लघु, घरेलु एवं साना उद्यमीले एक ठाउँमा मात्र दर्ता गरी व्यवसाय सञ्‍चालन गर्न सक्ने व्यवस्था गरिने छ । रैथाने तथा परम्परागत सिप र पेसामा आधारित उद्यम प्रवर्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार छ लाख ४३ हजार लघु घरेलु तथा साना उद्योग दर्ता छन् । जसमा तीन लाख ४८ हजार सङ्ख्यामा सञ्चालनमा रहेका छन् ।

चालु आ.व.को बजेटमा समेत लघु तथा घरेलु उद्योग प्रवर्धन गर्न ब्याजमा अनुदान र प्रविधिको व्यवस्था गरिएको थियो ।

उद्योग सञ्चालन गर्न नीतिगत रूपमा सुविधाको व्यवस्थाले सबैभन्दा धेरै साना उद्योगमा लगानीकर्ताको आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

उद्योग विभागका अनुसार चालु आवमा दुई सय साना उद्योग दर्ता गर्ने लक्ष्य चैत महिनासम्म २२३ वटा साना उद्योग दर्ता भएको छ । ठुला र मझौला उद्योगको तुलनामा साना उद्योग दर्ता सङ्ख्या बढ्दै गएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवा, दलित, महिला तथा सीमान्तकृत समुदायको उद्यमशीलता विकास गरी स्थानीय तहमा लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन र स्तरोन्‍नति गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा सरकारी क्षेत्रका सिपमूलक तालिमलाई उद्यमशीलता विकास र स्वरोजगार प्रवर्धन हुने गरी कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई प्रवर्धन गरिने छ । स्वदेशी तथा विदेशी लगानीकर्तालाई खानी तथा खनिज पदार्थको अन्वेषण, उत्खनन र प्रशोधन कार्यमा आकर्षित गरिने छ ।

वन, खानी र खनिजजन्य स्रोतको संरक्षण र समुचित उपयोग हुने गरी विकास निर्माणका लागि आवश्यक खनिज पदार्थ सहज रूपमा उपलब्ध गराउन विद्यमान कानुनी व्यवस्थामा पुनरवलोकन गरिने भएको छ ।

औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न उद्योग र लगानीसँग सम्बन्धित कानुन, प्रक्रिया तथा संरचनालाई समयानुकूल बनाइने भएको छ । औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको निर्माण र सञ्‍चालनमा निजी क्षेत्रलाई आकर्षित गरिने छ ।

उद्योगमा चौथो पुस्ताको औद्योगिक अवधारणा उपयोग गर्न प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै उद्योग र कृषि तथा अन्य क्षेत्रका उत्पादन, उपभोग र रोजगारी वृद्धिसँग सम्बन्धित कार्यक्रमहरू एकीकृत रूपमा सञ्‍चालन गरी उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहित गर्न सहयोग पु¥याउने कार्यक्रम कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैबिच मुलुकबाट निर्यातको सम्भावना भएका थप वस्तु तथा सेवा पहिचान गरी उत्पादन वृद्धि, बजारीकरण र मूल्य तथा आपूर्ति शृङ्‍खलामा आबद्ध गरिने भएको छ ।

निर्यातमुखी उत्पादन क्षेत्र घोषणा गरी कृषि उपज, दुग्ध तथा मासुजन्य पदार्थ एवं औद्योगिक उत्पादन निर्यातका लागि प्रविधि र प्राविधिकसहित प्रदेश र स्थानीय तहलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै निर्यात सम्भाव्यता भएका राष्‍ट्रसँग द्विपक्षीय व्यापार तथा लगानी सम्झौता गरिने छ । अन्तर्राष्ट्रिय व्यापारको सम्भावनाका आधारमा वस्तुगत र देशगत निर्यात रणनीति अपनाइने छ । व्यापार सूचना र बजार  अनुसन्धानको  संस्थागत क्षमता वृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । निर्यात हुन सक्ने  विशेष प्रकृतिका  बाली तथा वस्तुको भौगोलिक सङ्‍केत मापदण्ड तयार गरिने छ ।

यस्तै म्याग्नेसाइट, फोस्फोराइट, फलामलगायतका सम्भाव्य खानीको विस्तृत परियोजना प्रतिवेदन तयार गरी वातावरणीय अध्ययन कार्य अघि बढाइने भएको छ ।

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आवमा सम्पन्‍न गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

himalayan life insurance
igi long