citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

चालु आर्थिक वर्षको १० महिनामा मुलुकमा साढे २५ अर्ब रुपियाँ बराबरको रासायनिक मल आयात

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा मुलुकमा साढे २५ अर्ब रुपियाँ बराबरको रासायनिक मल आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म २५ अर्ब ५६ करोड रुपियाँको रासायनिक मल आयात भएको थियो ।

गत आवको सोही अवधिमा ३१ अर्ब ८७ करोड रुपियाँको आयात भएको थियो । यो गत वर्षको १० महिनाको तुलनामा छ अर्ब ३१ करोड रुपियाँको मल आयात भएको छ ।

नेपालमा इन्डोनेसिया, दक्षिण कोरिया, मोरोक्को, जापान र अमेरिका तथा जर्मनीबाट समेत विभिन्न प्रकारका रासायनिक मल आयात हुने गरेका छन् ।

नेपालमा आयात हुने रासायनिक मल लगायत अन्य प्रकारका मल १३ वटा देशबाट भित्रिने गरेका छन् । यस अवधिमा जनावर र खेतीमा प्रयोग हुने मल, युरिया, एनोमियम सल्फेट, सोडियम नाइट्रेट, पोटासियमलगायतका मल आएका छन् ।

विभागका अनुसार तुर्किमिनिस्तानबाट एक अर्ब ११ करोडको युरिया आयात हुँदा साउदी अरेबियाबाट एक अर्ब ११ करोड रुपियाँको युरिया भित्रिएको छ ।

यस्तै रुसबाट दुई अर्ब ५५ करोडको युरिया, कतारबाट एक अर्ब ८९ करोडको र ओमानबाट चार अर्ब ७० करोडको युरिया आयात भएको छ । चीनबाट २५ करोडको र ब्रुरुनाईबाट तीन अर्ब ४६ करोडको युरिया भित्रिएको तथ्याङ्क छ ।

यस्तै संयुक्त राज्य इमिरेट्सबाट ८३ लाख र भारतबाट ४२ लाखको युरिया आयात हुँदा जनावर र खेतीमा प्रयोग हुने अन्य  रासायनिक मल भारतबाट पाँच करोड १३ लाख रुपियाँको आयात भएको छ ।

यस्तै टर्कीबाट १० करोडको युरिया र एमोनियम मिश्रित रासायनिक मल भित्रिएको तथ्याङ्क छ । यस्तै क्यानडाबाट ३३ करोड ६४ लाखको पोटास र तुर्किमिनिस्तानबाट ४४ करोड १५ लाख रुपियाँको पोटास आयात भएको छ ।

धान बाली, गहुँ बाली, तरकारी बालीलगायतका अन्य बालीमा रासायनिक मलको प्रयोग हुन्छ । अन्य बालीको तुलनामा धान बालीका लागि रासायनिक मलको माग बढी हुने गर्छ ।

प्रत्येक वर्ष धान रोप्ने बेला बजारमा रासायनिक मलको माग बढी हुने गर्छ । माग अनुसार मलको आपूर्ति नहुँदा प्रत्येक वर्ष किसानले अभाव खेप्ने गरेका छन् ।

himalayan life insurance
igi long