sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

चिया विकास निगमका सिनियर एकाउन्टेट सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल चिया विकास निगम लिमिटेड बिर्तामोड झापाका तत्कालीन कर्मचारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

चिया विकास निगम लिमिटेड बिर्तामोडका सिनियर एकाउन्टेट सञ्जय बिलोटिया, तत्कालीन लेखापाल मनिषकुमार कर्ण, तत्कालीन अफिस क्लर्क गुणराज श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल वेदबहादुर राना विरुद्ध  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

उनीहरूले विद्युत् प्राधिकरणलाई विद्युत् महसुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकमको बिल प्राधिकरणबाट ल्याई रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।

निगमबाट आर्थिक वर्ष २०६९/०७० देखि २०७२/०७३ सम्म एक करोड ९३ लाख ६५ हजार छ सय ५१ रुपैयाँ भुक्तानी हुनुपर्नेमा उनीहरूको मिलेमतोमा दुई करोड ३३ लाख ५५ हजार तीन सय २९ रुपैयाँ भुक्तानी भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

बढी भुक्तानी भएको ३९ लाख ८९ हजार छ सय ७७ रुपैयाँ ७१ पैसा मध्ये सात लाख ३७ हजार तीन सय आठ रुपैयाँ ९२ पैसा असुल भइसकेको र बाँकी ३२ लाख ५२ हजार तीन सय ६८ रुपैयाँ ७९ पैसा चार जनाबाट असुल उपर गर्न अख्तियारले मागदाबी गरेको छ ।

gold
prabhu bank
nawakantipur long