citizens life insurance long ad
stcnepal long ad

आज कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे बस्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शुक्रबारदेखि सुरू हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।

बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक रमेश लेखकले बताए।

बैठकले बजेट अधिवेशनमा संसद्मा खेल्नुपर्ने भूमिकाबारे निर्णय गर्नेछ। बैठकमा सबै सांसदहरूलाई धारणा राख्ने अवसर दिइने प्रमुख सचेतक लेखकले बताए।

‘देशको गृहमन्त्रीमाथि नै सहकारी ठगीजस्तो अपराधको आरोप लागेको छ। तर, सरकारले छानविन गर्न मानेको छैन,’ उनले भने, ‘हामी यो परिस्थितिमा सबै सांसदहरूको विचार र धारणा सुन्न चाहेका छौँ। त्यसकारण आजको बैठकमा सबै सांसदहरूले धारणा राख्ने हुन्छ, आजै सकिएन भने शुक्रबार पनि बैठक चल्छ।’

बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानबिन समिति गठन लगायत विषयहरूमा छलफल हुने उनले बताए।

शुक्रबारदेखि बजेट अधिवेशन बोलाइएको छ। कांग्रेसले भने सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागमा अडान राख्दै आएको छ।

IME Life
kumari