citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई सफलताको शुभकामना

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिता खेल्ने क्रिकेट खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन्।

उनले बेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दै छ। टी–२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ।

विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ। यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन्। नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्नेछ।

himalayan life insurance
igi long