citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सहकारी बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही हुन्छ स् गृहमन्त्री

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्ने स्पष्ट पारेका छन्।

शुक्रबार सिंहदरबारमा सहकारी पीडितसँगको छलफलका क्रममा गृहमन्त्री लामिछानेले सहकारी समस्या समाधान गर्न आवश्यक कानून निर्माण गरि तत्काल काम सुरु गर्ने निर्णय भइसकेको भन्दै बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्ने स्पष्ट पारेका हुन्।

बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी सञ्चालकको सम्पती छानविन गर्ने र आफन्तको नाममा राखिएको सम्पतीबाट भएपनि रकम फिर्ता गर्ने अवस्था सिर्जना गर्ने उनले बताए।

उनले सहकारी प्रकरणमा निकै मेहनत गरिरहेको भन्दै फरार सहकारी सञ्चालकलाई समेत छिट्टै कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाए। अनेकौ आरोप खेपेर भएपछि सहकारी प्रकरणको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको भन्दै उनले प्रतिवेदनका आधारमा समाधान खोज्ने क्रम सुरु भएको धारणा राखे।

सहकारी समस्या समाधान गर्न सरकारले फास्ट ट्रयाकमा काम गर्ने निर्णय गरेको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिन सहकारी पीडितहरु सिंहदरबार पुगेका थिए।

himalayan life insurance
igi long