stcnepal long ad
global ime bank long

दुग्ध विकास संस्थानले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले महाप्रबन्धक नियुक्त गर्न दरखास्त आह्वान गरेको छ।
बुधबार सूचना जारी गरी डिडिसीले २१ दिनको समय दिएर महाप्रबन्धक पदका लागि दरखास्त मागेक हो।

महाप्रबन्धक पदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारकी नियुक्ति तथा मनोनय सम्बन्धी निर्देशिका २०७६ (संसोधन सहित)को दफा ३ को उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृतस्तर/व्यवस्थापनको हैसियतले कम्तिमा दस वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ।

त्यस्तै दरखास्त दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।योग्यता पुगेका नेपाली नागरिकहरूले कृषि तथा पशुपंक्षी मन्त्रालय सिंहदरबारको कर्मचारी प्रशासन शाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ।

आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, अनुभव खुल्ने कागजात, बढीमा तीन पृष्ठसम्मको वैयक्तिक विवरण पेस गर्नुपर्नेछ।

त्यस्तै डिडिसीको अवस्था, समस्या तथा चुनौती र सुधार योजना सहितको पाँच हजार शब्दमा नबढाई तयार पारिएको व्यावसायिक कार्ययोजना छुट्टाछुट्टै दुई प्रति खाममा सिलबन्दी गरी पेस गर्नुपर्नेछ।

व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको विद्युतीय प्रति पनि तोकिएको समयमा पेस गर्नुपर्नेछ। उक्त प्रस्तुतीकरण २० मिनेटको हुनुपर्ने डिडिसीले जनाएको छ।

IME Lifesidebar
kumari