stcnepal long ad
global ime bank long

मिडिया काउन्सिल सम्बन्धी विधेयक संसद्‌मा दर्ता गर्ने तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको बताएकी छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसद्‌मा दर्ता गर्न लागिएको बताइन् ।

उनले सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको समेत जानकारी दिइन् ।

मन्त्री शर्माले मिडिया काउन्सिल विधेयक नै आउन लागेपछि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा प्रेस काउन्सिल नेपालसँग सम्बन्धित दफाहरूमा कुनै निर्णय गर्न आवश्यक नभएको समेत बताइन् ।

उनले मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलको अध्यक्ष हुने व्यक्तिको योग्यता सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति हुनुपर्ने अथवा मिडिया क्षेत्रमा विशिष्ट योगदान गरेको व्यक्ति हुनुपर्ने भनेर उल्लेख गरिएको जानकारी दिइन् ।

IME Lifesidebar
kumari