stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

थप २० विश्व कीर्तिमानसहित डा. उपाध्यायले बनाए १५३ विश्व कीर्तिमान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यसअघि गीतसंगीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गर्नुभएका विश्व कीर्तिमानी डा.डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्‍याउनु भएको छ ।

थप २० विश्व कीर्तिमान बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उहाँका कीर्तिमानको संख्या १५३ पुगेको हो ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा विश्वका विश्व कीर्तिमान प्रदान गर्ने संस्थाले उपलब्ध गराएका २० कीर्तिमान प्रमुख अतिथि रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले डा।उपाध्यायलाई हस्तान्तरण गर्नुभएको थियो ।

साहित्यकार केदारनाथ खनालको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर अध्यक्ष मधुरा श्रेष्ठ, साहित्यकार समिना खनाललगायतले डा.उपाध्यायलाई बधाई तथा शुभकामना दिँदै उहाँका कर्मलाई देशले नै गौरव गर्नुपर्ने बताउनुभएको थियो ।

प्रमुख अतिथि रक्षामन्त्री उप्रेतीले डा.उपाध्यायलाई यस्तो विशेष कार्यका लागि बधाई तथा शुभकामना दिँदै उहाँले आफूलाई सधैं सकारात्मक कर्मतर्फ डोर्‍याएका कारण सबै सम्भव भएको बताउनुभयो ।

आफूले नयाँ(नयाँ विषयवस्तुमा खोज अनुसन्धान र केही फरक गरौं भन्ने धारणाका साथ काम गर्दै जाँदा आफ्ना विश्व रेकर्डको संख्या १५३ पुगेको डा.उपाध्यायले बताउनुभयो ।

‘म समाजका लागि गीत, उपन्यास लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’, भन्दै डा।उपाध्यायले श्रोता र दर्शकले रुचाइदिँदा थप हौसला र अपार आनन्द हुने सुनाउनुभयो ।

सो अवसरमा एभरेष्ट वर्ल्ड रेकर्डसका मधुरा श्रेष्ठले डा.उपाध्यायलाई १५३ वर्ल्ड रेकर्डको मेडल प्रदान गर्नुभएको थियो । प्रमुख अतिथि रक्षा मन्त्री उप्रेतीले डा।उपाध्यायलाई बधाई तथा शुभकामना सम्मान पत्र पनि अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार राज लुईंटेल र कलाकार शिवहरि वैरागीलाई द विट्रिस रेकर्ड अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।

यही महिना डा.उपाध्यायलाई विश्वको सर्वाधिक उचाइमा लाइभ गीत प्रस्तुत गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकोे प्रमाण पत्र हालै राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हस्तान्तरण गरिएको थियो ।

डा.उपाध्यायले विश्वमा एकैदिन सबैभन्दा बढी आर्टिकल लेखेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गर्नुभएको छ भने सबैभन्दा धेरै भाषामा गीत लेखेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गर्नुभएको छ ।

डा।उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित बुक अफ अमेरिका, एभरेष्ट वल्र्ड रेकर्ड, स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड, अष्ट्रेलिया, लण्डन युकेलगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

नरेश भट्टराईले सहजीकरण गरेको कार्यक्रममा कीर्तिमानी गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ले डा।उपाध्यायका गीत प्रस्तुत गर्नुभएको थियो भने कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

डा।उपाध्यायका ३६ बढी गीति एल्बम, १६ उपन्यास, तीन गीति कविता र सयौं गीतका भिडियो सार्वजनिक छन् ।

उहाँले देशविदेशका विभिन्न संघसंस्थाबाट सयौं मानसम्मान अवार्ड र पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाली गीतसंगीतमा उपाध्यायले सर्वाधिक विश्व रेकर्ड कायम गर्नुभएको छ भने विश्वको टपटेनमा पर्नुहुन्छ । तस्विर : महम्मद जलिम

prabhu mahalaxmi
kumari