citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पहाडी भेगमा आंशिक बदली, केही क्षेत्रमा वर्षा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । पहाडी भू–भागमा आंशिक देखि समान्यत बदली हुनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राती कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा आज राती हल्का हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री पुग्ने अनुमान गरिएको छ ।

himalayan life insurance
igi long